पोखराको फेवातालमा डुङ्गा डुब्दा एक जनाको मृत्यु


पोखरा – पोखराको फेवातालमा डुङ्गा डुब्दा एक जनाको मृत्यु भएको छ । परिवारसँग पोखरा घुम्न आएका तनहुँ दुलेगौंडा घर भएका ३१ बर्षिय राजु गुरुङको मृत्यु भएको हो । बिहीबार दिऊसो तालबराही मन्दिर घुम्ने क्रममा डुङ्गाबाट खसेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ । मन्दिर दर्शनका लागि गएका तिर्थालुका अनुसार शसस्त्र प्रहरीको मोटरबोटको छालले डुङ्गा असन्तुलीत भए पछि राजु तालमा खसेका थिए ।
उनलाई डुङ्गा व्यवासायी पुकार गुरुङले पौडीएर निकाले पनि बचाउन भने सकेनन् । उपचारका लागि मेट्रो सिटि अस्पतालमा ल्याए पनि चिकित्सकले मृत घोषणा गरेका थिए । साभार : गन्थन