नेपाल आईडलको टिम युरोपमा


बार्सिलोना/ बिभिन्न मुलुकहरुमा पुगेर सांगीतिक प्रस्तुति दिईसकेको नेपाल आइडलको टिम युरोप आईपुगेको छ। नेपाली नयाँ बर्षको उपलक्ष्यमा युरोपभर सांगीतिक प्रस्तुतिका लागि कलाकारको टोलि बिहिबार जर्मनी आईपुगेको हो। कलाकारहरुको टिममा नेपाल आइडल बुद्ध लामा,फर्स्ट रनरअप निशान्त भट्टराई, सेकेन्ड रनरअप प्रताप दास र कार्यक्रम प्रस्तोता सुशील नेपाल रहेका छन्।

“हाम्रो ईभेन्ट नर्वे”को स्पोन्सरमा कलाकारहरुको टोली युरोप आएको हो। आयोजक टिमका कुमार पण्डितका अनुसार हालसम्म जर्मनी,बेल्जियम,नेदरल्यान्ड्स,डेनमार्क,नर्बे,पोल्याण्ड,स्पेनमा कार्यक्रमहरु तय भईसकेका छन्।

स्रोतका अनुसार एउटा कार्यक्रमको लागि कलाकारहरुको टिकट, खाना,हल ब्यबस्थापन अलवा ३ लाख रुपैयाँ भन्दा बढी खर्च गर्नु पर्ने हुँदा कार्यक्रम गर्ने आयोजकहरु भेट्न नै धौ धौ देखिएको छ। यद्दपी ६ भन्दा बढी कार्यक्रमहरु भने निश्चित भई सकेका छन्। पछिल्लो क्रममा चल्तीका कलाकारहरु नै आए पनि युरोपलाई राम्रो कभर गर्न चुनौतीपूर्ण नै देखिएको छ।

आयोजक टिमका पण्डित भन्छन् ,” नेपाल आईडलको टिमलाई युरोपका दर्शकहरु माँझ ल्याउन तथा नेपाली संगीतलाई यहाँ सम्म पुर्याउन नै कार्यक्रमको आयोजना गरेका हौ।”