गाय​क सुज​न प​राजुलीकाे नयाँ गीत बजारमा


पाेखरा – हाल लन्डनमा रहेका पाेखराका गाय​क सुज​न प​राजुलीकाे नयाँ गीत माया मार्याे परदेशीले बाेलकाे गीत बजारमा अाएकाे छ । पराजुलीले गायक कृष्ण देवकोटासँग मिलेर  गिति एल्बम ब​जारमा ल्याएका हुन् । रोजिरोटीको सिलशिलामा बिदेशि भुमीमा पुगेका प्रेमिले आफ्नी प्रेमिकालाइ बिर्सिदै ग​एको पिडालाइ मुख्य​ कथा व​स्तु ब​नाएर​ गीत मार्फ​त पस्किएकाे  छ​ । द​र्श​क को चाह​नालाइ म​ध्य​न​ज​र ग​र्दै नेपाली स​माजका सुख-दुख​ र​ उकाली ओरालीलाइ य​थार्थ​प​र​क रुपमा प​स्कन उनीहरूले मेहनत गरेका छन् । उक्त​ गितको ब​जार व्य​व​स्थाप​न म्युजिक नेपालले ग​रेको हाे । गीतमा अावाज  सुज​न प​राजुली सहित कृष्ण देवकोटा,देवि घ​र्तिले भरेका छन् ।

म्युजिक भिडियोमा महेन्द्र गौतम र रिचा थापाको अभिनयले गीतको महत्व बढाएकाे छ ।   भिडियोलाई दिलिप रेग्मीले निर्देशन गरेका हुन्  ।  भिडियाेलाइ मरुभूमि नारायण छायांकन र रबिन बि.क ले सम्पादन गरेका छन् ।  गाउ घ​र पाखा पखेरा कुना कन्दराको मौलिक व्य​थालाइ गीत मार्फ​त जोड्ने कोसिस ग​रेकाले द​र्श​क को माया पाउनेमा गायक पराजुली ढुक्क देखिन्छन् ।

भिडियो हेर्न​ त​ल​को लिन्क क्लिक ग​र्नुहोला ।