नेपाल आईडलको टिमले बार्सिलोना तताउदै


बार्सिलोना/ युरोपको सांगीतिक टुरमा रहेको नेपाल आइडलको टिमले स्पेनको बार्सिलोना पनि तताउने भएको छ।आगामी अप्रिल १७ तारिख मंगलबार नेपाली नयाँ बर्षको उपलक्ष्यमा एक बिशेष सांगीतिक कार्यक्रम हुन लागेको हो। हरेक बर्ष जस्तो यसपटक पनि नेपाली जनसम्पर्क समिति स्पेनले कार्यक्रमको तयारी गरेको छ।

कलाकारहरुको टिममा नेपाल आइडल बुद्ध लामा,फर्स्ट रनरअप निशान्त भट्टराई, सेकेन्ड रनरअप प्रताप दास र कार्यक्रम प्रस्तोता सुशील नेपाल रहेका छन्। यस अघि उनीहरुले जर्मनी,बेल्जियम नेदरल्यान्ड्समा प्रस्तुति राखिसकेका छन्। “हाम्रो ईभेन्ट नर्वे”को स्पोन्सरमा कलाकारहरुको टोली युरोप आएको हो। “युरोप टुर” आयोजक टिमका कुमार पण्डितका अनुसार डेनमार्क,नर्बे,पोल्याण्डको प्रस्तुति पछि स्पेनको बार्सिलोनामा प्रस्तुति राख्न कलाकारहरुको टोलि आउँने भएको छ।

नयाँ बर्ष बिशेष कार्यक्रममा स्पेनका लागि प्रथम नेपाली राजदूत भरत बहादुर रायमाझी प्रमुख अथितिको रुपमा सहभागी बन्ने महामन्त्री रामप्रसाद सापकोटा (बिराज) ले जानकारी दिए। संघ संस्था लगायत स्पेनबासी नेपाली समुदायलाई आह्ववान गर्दै समितिले कार्यक्रममा सहभागी बन्न अनुरोध गरेको छ। कार्यक्रम प्रबेशका लागि टिकट शुल्क भने १० युरो रहेको छ।

कार्यक्रम बारे बिबरण:-

मिति: १७ अप्रिल २०१८ मंगलवार
समय: साँझ ४:०० बजेदेखी १०:३० बजेसम्म
स्थान: Centro Cultural La Bobila
        Carrer de la bobila,1
        08906 L’hospitalet Barcelona
         Metro Line 5, Est. Canvidalet

आयोजक:- नेपाली जनसम्पर्क समिति स्पेन