अन्तराष्ट्रिय नेपाली कलाकार समाज यूएईले फुजेराहमा क्षेत्रिय समिति बिस्तार


मनु क्षेत्री
युएई – अन्तराष्ट्रिय नेपाली कलाकार समाज (अनेकस) युएईले फुजेराहमा बिष्णुप्रसाद अधिकारीको अध्यक्षतामा आफ्नो क्षेत्रिय समिति बिस्तार गरेको छ। नेपाली भाषा कला साहित्यको संरक्षण र सम्बर्धन गर्ने हेतुले करिव एक बर्ष पहिले यूएईमा बिस्तार भएको संस्थाले अहिले सम्म यहाँको अल इन र दुबई शाखा पछी तेश्रो शाखाको रुपमा फुजेराहा शाखा बिस्तार गरेको हो।

संस्थाका केन्द्रिय सल्लाहकार शिवलाल जैशीको बिशेस उपस्थिति तथा प्रमुख आतिथ्यतामा क्षेत्रीय कार्य समिति गठन गरिएको हो। संस्थाको बिस्तार संगै यही आउदो २२ अगस्त को दिन फुजेरहामा भब्य सास्कृतिक कार्यक्रमको आयोजना गरिने नवनिर्वाचित अध्यक्ष अधिकारीले नेपालीनेपाली डटकम सँगको कुराकानीमा बताउनु भएको छ।  प्रान्तीय शाखाहरु बिस्तारको क्रममा रहेको अनेकसले छिट्टै अबुधाबीमा पनि आफ्नो शाखा बिस्तार गरी २०१५ मा एसिया स्तरको सांगीतिक महोत्सवको तयारी गरिरहेको अनेकसका केन्द्रिय महासचिव गोपीकृष्ण पंगेनीले जनाउनु भएको छ। “हामी प्रान्तीय शाखालाई बलियो बनाउन पहिले शाखाकै आयोजनामा कार्यक्रम गर्छौ त्यसपछि सबैको आयोजनामा एसिया हल्लाउने गरी दुबईमा सांस्कृतिक कार्यक्रम गर्छौ उहाले थप्नुभयो “।

नवगठित शाखाको कार्य समितिमा अध्यक्ष बिष्णु प्रसाद अधिकारी , उपाध्यक्षमा शिब क्षेत्री, महासचिव मनु क्षेत्री, सचिव , अमित अचुक, कोषाध्यक्ष किशोर थापा, सहकोषाध्यक्ष ओम कुमारी, त्यस्तै सदस्यहरुमा पदम गाउँले बिश्वोकर्मा , जगत रसाइली, कुल क्षेत्री, देब न्यौपाने, सुरज गैरे, राधिका राई, जयराम बुढाथोकी रहनु भयको छ। यस्तै गरी बरिष्ठ सल्लाहाकार, मान बहादुर के.सी, अच्युत नेपाल, कृष्णा गिरी, राज़ न्यौपाने, बिरेन्द्र खडका, र सल्लाहाकारहरुमा कृष्ण भट्ट, राजाराम खनाल, फडिन्द्र मगर, बीर बहादुर चौधरी, लीला चापागाईं, रहनु भएको छ।

त्यस्तै अगष्ट २२ तारिक फुजेरहामा हुन लागेको कार्यक्रममा लोक गायकहरु गोपीकृष्ण पंगेनी, सुरेश राना, विष्णुप्रसाद अधिकारी पदम गाउले, मनु क्षेत्री, राधिका राई, अमित अचुक , आधुनिक गायिका रेखा घिमिरे, राधिका राई, देब न्यौपाने, नृत्य तर्फ अनुराग थपलिया, दिपक गुरुङ, भावना ढकाल, लक्षमण दिवाली, दिपिका ज्ञवाली, सुमन सिंगदान, राज देवन , देब न्यौपाने, शिब क्षेत्री बिबश ठकुरी दुर्गा लिम्बु र बिमला तामांग लगायत थुप्रै कलाकारको जोडदार प्रस्तुति हुने सस्थाका बरिष्ठ उपाध्यक्ष सुरेश रानाले जनाउनु भएको छ।