छोरेपाटन माविमा पुरस्कार वितरण


पोखरा । पोखरा लेखनाथ–१७, छोरेपाटनस्थित छोरेपाटन माविले शैक्षिक सत्र ०७४ सालको नतिजा प्रकाशन तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ ।

वडा नं. १७ का अध्यक्ष तीर्थराज अधिकारीको प्रमुख आतिथ्यतामा भएको थियो । उनले विद्यालय कास्की जिल्लामा उत्कृष्ठ विद्यालयहरु मध्ये छनौट भएकोमा विद्यालय परिवारलाई बधाई दिएका थिए ।

सो कार्यक्रममा कक्षागत रुपमा प्रथम, द्धितिय र तृतिय हुने विद्यार्थीहरुलाई पुरुस्कार वितरण गरिएको थियो । साथै उत्कृष्ठ अभिभावक लक्ष्मी पौडेल र दुर्गा शाहलिाई समेत पुरस्कृत गरिएको थियो ।

प्रधानाध्यापक लक्ष्मण थापा, सहायक प्रधानाध्यापक वद्रिनाथ पहारी र डिल्लिराम शर्माले विद्यालयको शैक्षिक विकासको लागि अभिभावक, शिक्षक, विद्यार्थी एवं समुदायको सम्पुर्ण पक्ष महत्वपुर्ण भूमिका रहने वताए ।

प्रधानाध्यापक लक्ष्मण थापाको अध्यक्षतामा भएको कार्यक्रमको संचालन परिक्षा उपसमिति संयोजक दिव्यश्वरी रेग्मीले गरेकी थिईन ।