स्पेनका गिरी नगरप्रमुखको बैदेशिक सल्लाहकारमा नियुक्त


बार्सिलोना/  कुश्मा नगरपालिकाका नगर प्रमुख रामचन्द्र जोशीले आफ्नो बैदेशिक सल्लाहकारमा  स्पेन निबासी एकराज गिरीलाई नियुक्त गरेका छन्। नगर प्रमुख रामचन्द्र जोशीले मंगलबार एक पत्र जारी गर्दै  गिरीलाई बैदेशिक सल्लाहकारमा नियुक्त गरेका हुन्। एक दशक भन्दा लामो समय युरोपमा बस्दै आएका गिरी गैर आबासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद युरोप क्षेत्रको उपसंयोजक पनि हुन्।

नगर प्रमुखको बैदेशिक सल्लाहकारको हैसियतले राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा सकारात्मक कामका लागि आधिकारिक प्रतिनिधित्व गर्न आधिकारिता प्रदान गरिएको उल्लेख गरिएको छ। नगर प्रमुख जोशीले पत्रमा लेखेका छन् ,” यहाँको सकारात्मक सहयोगले नगरको वृहत्तर विकास र समृद्वका लागि सहयोग पुग्ने विश्वास लिएको छु।”

स्पेनका लागि पर्यटन दूत समेत रहेका गिरीले नयाँ जिम्मेबारी थपिएको बताएका छन्। उनले भने,” यो मेरा लागि सम्मान र आत्मियता पनि हो।मेरो जन्म भुमि लगायत कुश्मा नगरपालिकाको बिकासका लागि प्रबासबाट हुन सक्ने पहल तथा नगरको हितमा काम गर्ने कोशिस गर्ने छु।”बागलुङ् बलेवामा जन्मिएका गिरीको परिबार बिगत ८ बर्ष देखि पर्वतको कुश्मामा बस्दै आएका छन्।

यसैबीच नगर प्रमुखको बैदेशिक सल्लाहकारमा एनआरएनए केन्द्रिय उपाध्यक्ष कुल आचार्य समेत मनोनित भएका छन्। आचार्य बेलायतका सफल ब्यबसायी समेत हुन्।