च्याम्पियन्स लिग सेमिफाइनमा रियल मड्रिड र बार्यन म्युनिख भिड्ने


च्याम्पियन्स लिगको सेमिफाइनमा रियल मड्रिड र बार्यन म्युनिख भिड्ने भएका छन्। शुक्रबार भएको ड्रमा १२ पटकको विजेता रियल मड्रिडले तेस्रो पटक लगातार फाईनल खेल्नका लागि जर्मन प्रतिद्वन्द्वी पाएको हो । लिभरपुलले रोमा प्रतिद्वन्द्वी पाएको छ।

रियल मड्रिड र बार्यन म्युनिख च्याम्पियन्स लिगको सेमिफाइनलमै भिड्ने भएका छन् ।पहिलो लेग म्युनिखमा हुनेछ भने दोस्रो लेग बेर्नाबाउमा हुनेछ ।

रियल मड्रिडले युभेन्टसलाई हराएको थियो भने बार्यन म्युनिखले सेभियालाई पन्छाएको थियो ।यस्तै लिभरपुलले रोमा प्रतिद्वन्द्वी पाएको छ । लिभरपुलले इंग्लिस लिग लिडर म्यानचेष्टर सिटीलाई हराएको थियो भने रोमा बार्सिलोनालाई हराउँदै अन्तिम चारमा पुगेको हो ।

पहिलो लेगमा ४-१ ले हरारेपनि रोमाले दोस्रो लेगमा सनसनीपूर्ण जित निकाल्दै अन्तिम चारमा स्थान बनाएको थियो ।