अधिकृत समाजको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न


पोखरा । नयाँ बर्ष २०७५ को उपलक्ष्यमा कस्केली अधिकृत समाज कास्कीको आयोजनामा शुक्रबार शुभकामना, अनुभव आदानप्रदान तथा नयाँ सालको भित्तेपात्रो वितरण कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि कृषि बिकास बैंक बैंकिङ कार्यालय पोखराका मुख्य शाखा प्रबन्धक मोहदत्त शर्मा पौडेल कस्केली अधिकृत समाज कास्कीमा मात्रै सिमित नभई अन्य जिल्लाहरुमा पनि बिस्तार होस् भन्ने शुभकामना व्यक्त गरेका थिए ।

समाजका अध्यक्ष दुर्गाबहादुर शाह ‘बाबा’ले कास्की जिल्ला भित्र स्थायी घरबास भएका वा अन्य जिल्लाबाट कास्की जिल्लामा स्थायी रुपले वसाई सरी घरबास गरी वसेका नेपाल सरकार वा नेपाल सरकारको स्वाभित्वमा रहेका कार्यलय वा संघसंस्थामा कार्यरत अधिकृत (राजपत्राङ्कीत) स्तरका कर्मचारीहरुलाई एकताको सुत्रमा आवद्ध गरी परस्पर सहयोग, सद्भाव, भातृत्व, वौद्धिक तथा सामाजिक विकास गर्ने उद्धेश्यले २०६२ सालमा समाज स्थापना गरिएको वताए ।

सो अवसरमा उनले स्थापनाकालमा एक सय ८३ जना अधिकृतहरु रहेकोमा हाल साधारण तथा आजिवन सदस्य गरी चार सय अधिकृतहरु आवद्ध हुनु भएको जानकारी गराएका थिए ।

सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डा. कालू शर्माले बिरामी भएर हस्पिटल जानू भन्दा खानपिनमा शुद्धता भएमा निरोगी भइ दिर्घकालसम्म अस्पताल जानु नपर्र्ने बताए ।

सो अबसरमा समाजका संस्थापक अध्यक्ष कृष्णकान्त सिग्देल, सल्लाहकार शिवप्रसाद पराजुली लगाएत कास्की जिल्लाका विभिन्न सरकारी कार्यलय, संस्थान, हस्पिटलहरुमा कार्यरत अधिकृतहरुले आफ्नो मन्तव्य राखेका थिए ।

समाजका अध्यक्ष दुर्गा बहादुर शाह ‘बाबा’को अध्यक्षतामा भएको कार्यक्रमकमा स्वागत उपाध्यक्ष चन्द्रबहादुर सुवेदीले र संचालन सचिव लोकनाथ दवाडीले गरेका थिए ।

समाजको हालै सम्पन्न नवौं अधिवेसनले शाहको अध्यक्षतामा १५ सदस्यिय नयाँ कार्यसमिति चयन गरेको थियो ।