महासंघ कास्कीद्रारा २०७५ तालिम बर्षको घोषणा


पोखरा – नेपाल पत्रकार महासंघ कास्की शाखाले २०७५ बर्षलाई तालिम बर्षको घोषणा गरेको छ। नयाँ बर्षको अवसरमा आज (शनिबार) महासंघ कास्कीमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले पत्रकारको क्षमता अभिबृद्धि गर्न र समय अनुसार पत्रकारितको दक्षता हासिल गराउन २०७५ बर्षलाई तालिम बर्षको घोषणा गरिएको बताएका हुन ।

उनले भने “ हामीले पत्रकारको दक्षता हासिल गराउन चाहान्छौं, आर्थिक रुपमा महासंघ कमजोर भए पनि महासंघले विभिन्न संघ संस्थाको समन्वयमा कार्यक्रम गर्दै जाने छ, आर्थिक अभावको कारणले गर्दा कुनै कार्यक्रम रोकिदैन । ” केहि दीन भित्र महासंघले संघमा आवद्ध पत्रकारहरुको रुचि अनुसारको तालिमको लागि राय बुझ्ने भएको अध्यक्ष श्रेष्ठले बताए । करिब एक बर्षमा महासंघ कास्कीले ३० बैठक, २५ वटा अभिमुखिकरण कार्यक्रम, ६ वटा तालिम तथा विभिन्न पुरस्कार प्रदान गर्दै आएको उनले जनाए ।

कार्यक्रममा महासंघ कास्कीका पु्र्व अध्यक्ष एवं स्वतन्त्र पत्रकार महासंघ नेपालका केन्द्रिय अध्यक्ष कृष्ण प्रसाद बाँस्तोला, पुर्व अध्यक्ष रविन्द्र बास्तोला, महासंघ कास्कीका सल्लाहकार रमेश पौडेल, अग्रज पत्रकार डा.वलराम रेग्मी, नवराज सुवेदी, स्याँमनाथ कुवंर लगायतले पत्रकार आचार संहिता पालना नगरेकोले पत्रकारहरुले सामाजिक संजालमा अनावश्यक विवाद हुने गरेकोमा जोड दिएका थिए । सहभागिहरुले नयाँ पदाधिकारीहरुको टीमले एक बर्षमा धेरै राम्रो कामको सुरुवात भएकोमा पं्रशम्सा गरे भने केहिले केहि पदाधिकारी निष्कृय भएको, महासंघ कुनै राजनीतिक पार्टीको भातृसंगठन जस्तो भएको, मिडिया सेन्टर प्रभावकारी नभएको, संचार माध्यमको अभिलेख राख्न, श्रमजिवि पत्रकार र संचार माध्यमको बारेमा खासै ध्यान नदिएको लगायतका आरोप लगाएका थिए । महासंघका सदस्य कुनै संचार माध्यममा आबद्ध हुनु पर्ने अन्यथा त्यस्ता व्यक्तिलाई सदस्यता नविकरण नगर्न सुझाव समेत दिएकाछन।