बिश्व प्रसिद्द सग्रादा फैमिलियामा नेपालको पर्यटन प्रवद्वन


बार्सिलोना/ बिश्व प्रसिद्द एक ठूलो रोमन क्याथोलिक गिरजाघर सग्रादा फैमिलिया अगाडि नेपालको पर्यटन प्रवद्वन कार्यक्रम सम्पन्न भएको छ। १ सय ३५ बर्ष अघि शिलान्यास भएर पनि अझै बनीरहेको गिरजाघर हेर्न दैनिक हजारौ पर्यटकहरुको घुईचो लाग्ने गर्छ।स्पेन बार्सिलोनामा रहेको सोहि चर्चको अगाडी नेपाली झण्ड़ाहरुले सजिएको नेपाल चिनाउने स्टल सहित शनिबार पर्यटन प्रवद्वन कार्यक्रम सम्पन्न भएको हो।

सामुदायिक विकास योजना (प्ला कमुन्तारी) साग्रदा फ़ैमिलियाले यस बर्ष पनि अन्तरसाँस्कृतिक कार्यक्रमको आयोजना गर्यो। बिभिन्न मुलुकहरुको कला, संस्कृति,भेषभूसा तथा रहनसहन झल्कने कार्यक्रममा नेपाली जनप्रगतिशील मञ्च स्पेनले नेपाली समुदायको प्रतिनिधित्व गरेको हो। मञ्चका अध्यक्ष अर्जुन आचार्यले स्पेन लगायत,अफ्रिकी,दक्षिण अमेरिकी लगायत बिश्वका बिभिन्न मुलुकहरुबाट  सहभागिता भईरहेको बेला नेपाललाई पनि कुनै न कुनै रुपमा नेपाल चिनाउन अन्तरसाँस्कृतिक कार्यक्रममा भाग लिएको बताए। उनले भने,” नेपाल सानो मुलुक भए पनि सांस्कृतिक विविधता सहित घुम्नका लागि उपयुक्त छ भन्ने सन्देश हामीले दिएका हौ।”

विश्व प्रसिद्ध वास्तुकला विशेषज्ञ अन्तोनी गौदीको परिकल्पना रहेको चर्च अगाडी कार्यक्रम गर्न कातोलोनिया सरकारको सामाजिक तथा साँस्कृतिक बिभाग तथा नगरपालिकाको समेत सहयोग रहेको थियो।