आफ्नै विश्वासपात्रको आकांक्षालाई व्यवस्थापन गर्न देउवालाई सकस


काठमाण्डौ – नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका तीन पदाधिकारी मनोनयनको तयारी अघि बढाए पनि आन्तरिक शक्ति सन्तुलन र आफ्नै विश्वासपात्रको आकांक्षालाई व्यवस्थापन गर्न सकस गरेको छ ।

उपसभापति, महामन्त्री र सहमामन्त्रीको मनोनय गदौ देउवालाई आफ्नो समुहका नेता जियकुमार गच्छादार, विमलेन्द्र निधि, पुर्णहादुर खडका, ज्ञानेन्द्र बहादुर कार्की , प्रकाशशरण महत, बालकृष्ण खाँड मानबहादुर विश्वकर्मालाई व्यवस्थापन गर्नु चुनौतिपुर्ण छ ।

ती पदाधिकारीमध्ये सहमहामन्त्री आफुहरुले नपाए सभापतिको मनोनयन प्रस्तावको विरोधमा उत्रने चेतावनी वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले दिईसकेको छ ।

तत्कालिन सभापति सुशील कोईरालाले आफ्नो कार्याकालमा सहमहामन्त्री देयवा समहुलाई दिएका थिए । त्यहि नजिरका आधारमा पौडेल समुहले सहमहामन्त्रीको दावी गर्दै आएको छ । आजको कान्तिपुरमा  खबर छ ।