श्रम र सीपको सम्मानले समाजवाद स्थापित हुन्छ : रामचन्द्र पौडेल


पोखरा – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले श्रम र सीपको सम्मानले समाजवाद स्थापित हुने बताए । नेपाल नाई संघ जिल्ला समिति कास्कीको क्यालेन्डर विमोचन गर्दैै नेता पौडेलले कांग्रेसको समाजवाद नै श्रमलाई सम्मान र सिल्पको बचावट भएको धारणा राखे । नाई संघले केन्द्रीय समिति र क्षेत्रीय समितिमा निर्वाचित पदाधिकारी एवं प्रतिनिधिलाई सम्मान गर्दै नाई संघलाई संरक्षण गर्ने जिम्मा आफ्नो भएको बताए ।

नार्ई संघका जिल्ला अध्यक्ष विगुलाल ठाकुरको अध्यक्षतामा भएको कार्यक्रममा नेता पौडेलले सच्चा राष्ट्र प्रेम नै श्रमिकका समस्या समाधान भएको टिप्पणी गरे । नयाँ वर्षको शुभकामना दिँदै नेता पौडेलले देशभर रहेका ५ लाख नाईहरुको उत्थानमा नेपाली कांग्रेस सधै क्रियाशील बन्ने बताए । भित्तेपात्रो विमोचन सभामा नेपाल नाई संघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष लालबाबु ठाकुरले नाई संघ बचाउन कांग्रेस पार्टी गम्भिर नभएको आरोप लगाए । सभामा नेपाल आदिवासी जनजाती संघ कास्कीका अध्यक्ष जीतबहादुर गुरुङले गर्ने र सक्षम व्यक्तिलाई नेतृत्वमा पाखा लगाउँदै गुटका नाममा कमजोर व्यक्तिले नेतृत्व गर्दा सिंगो कांग्रेस पछाडि परेको बताए । कार्यक्रममा नेपाल खानेपानी संस्थान कर्मचारी संघका केन्द्रीय महासचिव केदार धमलाले नेपाली श्रम बजारमा श्रमिकको स्थिति नाजुक भएको बताए ।

नेपाल ट्रेड युनियन कांग्रेसले श्रमिकका समस्यामा चासो नदिँदा कांग्रेस कमजोर भएको बताए । धमलाले गिरिजाप्रसाद कोइराला र कृष्णप्रसाद भट्टराईको मृत्युपछि मजदुर मैत्री नेपाल हुन नसकेकोमा चिन्ता व्यक्त गर्दै ढुक्क भएर देशमा काम गर्ने बातावरण नभएको बताए । कार्यक्रममा नेपाल ट्रेड युनियन कांग्रेस कास्कीका सचिव रुद्रप्रसाद तिमिल्सिना, महिला नेतृ शारदा गिरी, नार्ई संघका नेता बलिराम ठाकुर, बिरेन्द्र ठाकुर, भूनेष कुमार ठाकुर, जिल्ला सचिव आदेश ठाकुर लगायतले बोलेका थिए ।