वालक परियारले राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनालाई अभिभावक पाए


पोखरा – एक्सरो लुगा पनि राम्रोसंग लगाउन नपाएका ४ बर्षीय एक विपन्न बर्गका वालकले आज (बुधबार) देखि राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना जस्तो व्यक्ति अभिभावक पाएकाछन। गोर्खा घर भई पोखराको प्रस्र्याङमा बस्दै आएका ४ बर्षीय वालक आकास परियारले आफ्नो उज्वल भविश्यको लागि बुधबार देखि राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना जस्तो व्यक्तिलाई अभिभावक पाएका हुन ।

पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ५ प्रस्र्याङ स्थित धर्मस्थली आधारभुत बिद्यालयमा विपन्न बर्गका ४ बर्षीय परियारलाई राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले एक समारोहका बिच बुधबार भर्ना गराएसंगै मावि ( कक्षा १२) सम्मको अध्ययन गराउने जिम्मेवार वहन गर्दै अभिभावकत्व बहन गरेका हुन । दुई जोर बिद्यालय पोसाक सहितको शैक्षिक सामाग्रि हस्तान्तरण गर्दै राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले हालै बाबु गुमाएका गोर्खा घर भई हाल पोखरा प्रस्र्याङमा बस्दै आएका परियारको कक्षा १२ सम्मको अध्ययनको लागि सम्पुर्ण व्यहभार आफुले व्यहोर्ने उद्घोष गर्दै कुनै अबस्थामा परियारको पढाईमा आवश्यक कुनै कुराको अभाव हुन नदिने जनाए । परियारका बाबु सुनिल परियारको निधन भई सकेको छ भने आमा रिता परियार मज्दुरी गर्दै आएकी छन भने उनी मुटु रोगबाट समेत ग्रसित भएको बताईएको छ ।
उनले भने “ पर्वतमा जन्मे पनि पोखरामा बसाइ सरी आएकोले आफ्नै वडामा रहेका एक वालकको अभिभावक वहन गरेको छु, यसको उज्वल भविश्यकको लागि शिक्षाको साथमा अन्य आवश्यक सहयोग गर्न पनि तयार छु । ” शिक्षाले अहिलेको अबस्थामा चेतनाको अबस्था सुधार गर्ने उनले जनाए ।

उनले भने “ आर्थिक अभावले गर्दा बिद्यालय छाड्ने, घरयासी कारणले गर्दा बिद्यालय जान नचाहानेहरुको लागि, भविश्यका वालवालिकाको उज्वल भविश्यको लागि सक्ने आम नागरिकहरुले यस्तै अभियानमा सरिह हुन म आग्रह गर्दछु । ” पछाडि परेका वालवालिकाहरुको उज्वल भविश्यको लागि सक्नेहरुलाई अभिभाक वन्नी राष्ट्रिय अभियानलाई सफल पार्नु पर्नेमा जोड दिए । उनले भने“ अवसरमा नपाएकालाई हामीले अवसर दिनु पर्छ, पढ्न नसक्नेलाई अबस्थामा रहेकालाई हामी सवै मिली अगाडी लैजाऔं, एउटा झुपटीमा बसेको होस या गिटी गुटुदै गरेका अभिभावका छोराछोरी हुन उनीहरुले अवसर पाए देश हाक्न सक्ने स्थानमा पुग्न सक्नेछन । ” सवैलाई शिक्षा तथा स्वास्थ्यको अवसर दिनु पर्ने उनको जोड थियो ।

यसैबिच उक्त बिद्यालयमा प्रदेश नम्बर ४ का भौतिक तथा पुर्वाधार निमार्ण मन्त्री रामशरण बस्नेतले गरिव तथा विपन्न बर्गका मल्दीका परियारलाई समेत छात्रबृत्ति सहितको मावि तहसम्म अध्ययन गराउने जिम्मा लिएका छन। त्यस्तै रमा मल्ले आमा चमेली मल्लको समृतिमा कक्षा ८ सम्म एक जना बिद्यार्थीको अभिभावक बन्ने उद्घोष गरिन ।
उक्त अवसरमा बिद्यालयले आफ्नो वडा वासि राष्ट्रिय सभा अध्यक्षमा चयन भएकोमा सम्मान गरेको छ । बिद्यालयका प्राचार्य केदारनाथ बरालले दोसल्लाह सहित उनलाई सम्मान गरेका हुन। बिद्यालयमा हाल करिब ४ सय जना बिद्यार्थीहरु रहेको बिद्यालयका सह– प्रध्यानाध्यापक बदन कुमारी शर्माले बताईन । उनका अनुसार बिद्यालयमा अधिकाशं विपन्न, गरिब, श्रमिकका छोराछोरी अध्ययन गर्ने गरेकाछन। भर्ना अभियान कार्यक्रम २०७५ अन्र्तगत यही वैशाख ८ गतेसम्म भर्ना जारी हुने बिद्यालयले जनाएको छ । पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष धनबहादुर नेपालीले शिक्षाको अभावमा समाजमा भेदभाव बढेको बताए ।