सेवा प्रवाहमा ढिलाई गरेवापत नेपाल टेलिकमलाई ५ हजार जरिवाना


पोखरा –  जिल्ला क्षेतिपूर्ति समितिले उपभोक्तालाई दिने सेवा प्रवाहमा ढिलाई गरेको भन्दै सार्वजनिक सेवा प्रदायक संस्था नेपाल दुरसञ्चार कार्यालयलाई ५ हजार रुपैयाँ क्षेतिपुर्ति तिराउने फैसला सुनाएको छ । पाेखराका अपिल त्रिपाठीले नेपाल दुरसञ्चार कार्यालय पोखराले सेवा प्रवाहमा ढिलाई गरेको तथा गुणस्तरीय सेवा प्रदान नगरेको भन्दै उपभोक्ता संरक्षण ऐन २०५४ को दफा २२ बमोजिम जिल्ला क्षेतिपुर्ति समिति कास्कीमा एक लाख रुपैयाँ क्षेतिपुर्ति पाउँ भनी दिएको उजुरीमाथी समितिले सुनुवाई गर्दै ५ हजार क्षेतिपुर्ति तिराउने फैसला सुनाएको पोखरामा विहीबार आयोजित पत्रकार सम्मेलनमा उपभोक्ता मञ्च कास्कीले जानकारी गराएको हो ।

सेवा प्रदायक संस्थालाई क्षेतिपुर्ति तिराएको नेपालमै यो पहिलोपटक भएको उपभोक्ता मञ्च कास्कीका अध्यक्ष कपिलनाथ कोइरालाले दाबी गरे । उनले यो नजिरका रुपमा रहेको र यसले दुर सञ्चार कार्यालयलाई छिटो, छरितो र गुणस्तरीय काम गर्न बाध्य बनाउनुका साथै उपभोक्तालाईसमेत भनेजस्तो सेवा नपाए उजुरी दिन सकिने र त्यस बापत क्षेतिपुर्ति पाउन सकिन्छ भन्ने सचेतना जगाउन कोशेढुंगा सावित हुने विश्वास व्यक्त गरे । साथै उनले उपभोक्ता त्रिपाठीलाई क्षेतिपुर्ति दिलाउने जिल्ला क्षेतिपुर्ति समिति कास्कीको निर्णयसँगै फोन जडान गर्न निवेदन दिएको मिति देखिनै शुल्क तिर्नुपर्ने आम उपभोक्ताको बाध्यता हट्ने दाबीसमेत गरे । यदी फेरी पनि टेलिकमले फोन जडान गरेदेखिकै शुल्क जोडेर बिल पठाए उजुरी हाल्न आग्रह गर्दै त्यसमा पनि सो रकम तिर्न नपर्ने निर्णय हुने बताए ।

समितिले गरेको फैसलाप्रति प्रतिक्रिया दिदै उपभोक्ता अपिल त्रिपाठीले निर्णय स्वागत योग्य रहेको र यसले टेलिकमलाई सेवा प्रवाहमा जिम्मेवार र आम उपभोक्तामा उजुरी दिएमा न्याय पाईन्छ भन्ने सचेतना जगाउने बताए । यद्वपी उनले क्षेतिपुर्तिको रकमप्रति भने चित्त नबुझेको गुनासो गरे । उनले भने,‘मेरो १ लाख बराबरकै क्षेति भएको हो, त्यो रकम मैले पाउनु पर्ने थियो तर त्यसो भएन, जे भएपनि जिल्ला क्षेतिपुर्ति समितिले गरेको निर्णय स्वागत योग्य नै छ, यसले टेलिकमलाई समयमै सेवा प्रवाह गर्न जिम्मेवार बनाउँछ र आम उपभोक्तामा समयमै सेवा नपाउँदा र पाएको सेवा पनि गुणस्तरीय नहुँदा उजुरी दिनुपर्छ भन्नेमा सचेत बनाउँछ ।’

जिल्ला क्षेतिपुर्ति समितिको निर्णयसँगै नेपाल टेलिकमले भने विभिन्न माध्यम प्रयोग गरेर मुद्धा फिर्ता लिन दवाब र प्रभावमा पार्ने प्रयास गरिरहेको त्रिपाठीले बताएका छन् । क्षेतिपुर्ति तिर्दा यो नजिर बस्ने र सो लाई आधार मानेर लाखौंको उजुरी आउनसक्ने तथा सोहि नजिरको आधारमा अन्यलाई पनि क्षेतिपुर्ति तिर्नुपर्ने बाध्यतालाई मध्यनजर गर्दै टेलिकमले आफूलाई ठूलै रकम दिने प्रलोभन देखाउने गरेको, केहि नजिकका तथा प्रभावशाली व्यक्तिलाई प्रयोग गरेर मुद्धा फिर्ता लिन दवाब दिनेगरेको त्रिपाठीले बताए । उनका अनुसार समितिको निर्णय पुर्नबिचार गरियोस भन्दै टेलिकम उच्च अदालत जाने र उपभोक्ता त्रिपाठीलाई प्रलोभनमा पार्न सकेर अदालत उपस्थित नहुने वातावरण निर्माण गर्न सके नजिर बस्नबाट जोगाउन सकिने उद्धेश्यले टेलिकमले दवाब र प्रभावमा पार्ने प्रयास गरिरहेको उनको भनाई छ ।

पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले उपभोक्ता त्रिपाठीले न्याय पाएसँगै आम उपभोक्ता ठगिने दिनको अन्त्य हुने विश्वास व्यक्त गरे । उनले त्रिपाठीले सचेत नागरिकको भुमिका निर्वाह गर्दा देखाएको सकृयता, दृढता र निरन्तरताको प्रशंसा गरे ।

टेलिकमबाट क्षेतिपुर्ति पाउने उपभोक्ता त्रिपाठी पत्रकार हुन् । यद्वपी त्रिपाठीले भने फोन जडानका लागि गएको दिनदेखी नै आफूले पत्रकार भएकैले छिटो सेवा पाउनुपर्ने वा त्यसका लागि दवाब कहिल्यैपनि दवाब नदिएको स्पष्ट पारे । निर्णयबिरुद्ध चित्त नबुझे उच्च अदालत जान सकिने प्रावधान रहेको मञ्चले जनाएको छ ।