नेपाल पत्रकार महासंघका कास्की शाखामा तालाबन्दी


पोखरा – नेपाल पत्रकार महासंघका कास्की शाखामा तालाबन्दी गरिएको छ । कास्कीमा क्रियाशिल प्रेस सोसाईटी, क्रान्तिकारी पत्रकार संगठन, मिडिया नेपाल, स्वतन्त्र पत्रकार संघले पत्रकार महासंघ कास्कीको कार्यालयको मुल गेटमा ताला लगाएका हुन् ।

नेकपा एमाले, नेपाली काँग्रेस र नेकपा माओबादी निकटका तिन संगठनले नेपाल पत्रकार महासंघको बैशाख २२ गते हुने प्रदेश ४ को निवाचनमा भागबण्डा गदै सिण्डिकेट लादेको भन्दै तालाबन्दी गरिएको छ । प्रेस चौतारी नेपाल, प्रेस यूनियनले र प्रेस सेन्टरले प्रदेश निवाचनमा भागबण्डा गरेर साझा उम्मेदवार उठाएर निवाचनमा जाने सहमती गरेका थिए । प्रदेश ४ को पत्रकार महासंघको निवाचनको कार्यतालिका अनुसार शुक्रबार उम्मेदवारी दर्ताको लागी नेपाल पत्रकार महासंघ कास्की शाखामा निवाचन कार्यालय तोकिएको थियो । मनोनयन दर्ताको समयको सुरुवातमै असन्तुष्ट पत्रकारका संगठनले तालाबन्दी गरेपछि मनोनयन प्रभावित भएको छ । पत्रकार महासंघको मुल गेटमै तालाबन्दी गरेपछि शुक्रबार मनोनयन हुन पाएन् ।

अधिवेशनमा तीन ठूला पत्रकार संगठनले भागवण्डा गरेको भन्दै असन्तुष्ट बनेका साना दलनिकट पत्रकार संघ–संगठनहरुले तालाबन्दी गदै केहीबेर पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठ र कार्यसमिति सदस्य कृष्ण दवाडीलाई कार्यालयमै थुनेका थिए भने केही बेरपछि दुवै जनालाई बाहिर निकालेर तालाबन्दी गरेका थिए । पत्रकार महासंघ सवैको साझा र सवै पत्रकारले आपनत्व गर्न सक्ने बताउनुपर्छ भन्ने हाम्रो माग हो क्रान्तिकारी पत्रकार संगठनका ओमबहादुर हमालले बताउनुभयो । उनीहरुले भागवण्डाका नाममा तीन ठूला संगठनको सिण्डिकेट खारेज हुनुपर्ने, महासंघलाई व्यवहारमै सबै पत्रकार आवद्ध संघसंगठनको साझा र समावेशी संस्था बनाउनुपर्ने माग गरेका छन् ।