शुभकामना कपको उपाधि स्याङ्जा वालिङ युनाईटेडलाई


पोखरा – हेमजा युनाईटेड पोखरा लेखनाथ–२५ हेमजाद्धारा आयोजित शुभकामना कप नकआउट फुटबल प्रतियोगिता–२०७५ को उपाधि स्याङजा वालिङ युनाईटेडले हात पारेको छ।

शनिवार भएको फाइनलखेलमा अमरसिंह व्वाईज क्लबलाई ३–१ ले पराजित गर्दै स्याङजा वालिङ युनाईटेड शुभकामना कपको उपाधि चुमेको हो। विजतासँगै स्याङजा वालिङले नगद २ लाख २२ हजार २ सय २२ ट्रफी मेडल र प्रमाण पत्र पाप्त ग¥यो।
यता उपविजेता वनेको अमरसिंह व्वाईज क्लबले १ लाख ११ हजार १ सय ११ ट्रफी मेडल र प्रमाणपत्रमा चित्त वुझायो।
शनिवार भएको सेमिफाइनल खेलमा स्याङजा वालिङ युनाईटका जर्सी नं. ४ का टिकराज गुरुङले ३ मिनेटमा गोल गरी अग्रता कायम गरेका थिए।

यस्तै जर्सी नंं. ८ का सञ्जु रानाले १७ मिनेट र जर्सी नंं. ७ का अजित मियाले ६९ मिनेटमा एक÷एक गोल गरे। यता अमरसिंह व्वाईज क्लबका जर्सी नंं. ४ का पदम भट्टराईले ५२ मिनेटमा सान्त्वना गोल गरे। खेलमा स्या·जा वालि· युनाईटेडका टिकराज गुरुङ म्यान अफ दि म्याच घोषित भए।

खेलमा आयोजक हेमजा–११ ‘ए’ अनुशाशित टिम घोषित हुदै नगद १० हजार र ट्रफी प्राप्त ग¥यो।
खेलमा सर्वोकृष्ट खेलाडी स्याङजा वालिङका कृष्ण कुँवर, उत्कृष्ट कोचमा स्याङजा वालिङका दिलिप थापा, उत्कृष्ट गोलकिप्परमा स्याङजा वालिङका राजुबावु थापा, उत्कृष्ट डिफेन्डर स्याङजा वालिङका आशिष गुरुङ, उत्कृष्ट मिड फिल्डर अमरसिंह व्वाईज क्लबका मनोज गुरुङ, उत्कृष्ट स्टाइगरमा स्या·जा वालि·का लक्ष्मण रुचाल र सर्वाधिक गोलकर्तामा स्याङजा वालिङकै विश्वास श्रेष्ठ घोषित भए।

सर्वोकृष्ट खेलाडीले सात हजार ट्रफी र अन्य विधागतलाई पाँच÷पाँच हजार र ट्रफी प्राप्त गरे।
समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रदेश नं. ४ का प्रदेश प्रमुख बावुराम कुँवरले खेलको स्तरवृद्धी गर्नका लागि प्रदेश सरकार लागेको बताएका छन्।
‘प्रदेश नं. ४ को निति तथा कार्यक्रमम प्रस्तुत हुदा पनि खेलकुद सम्वन्धि कुरा आएको छ’ उनले भने–‘ अन्तराष्ट्रि स्तरको एउटा रंगशाला बनाउनले तमाम खेलाडिलाई सहभागि गराएर खेलको स्तरवृद्धि गर्न प्रदेश सरकार लागेको छ।’
खेलकुद एउटा शशक्त विधा भएकोले खेल क्षेत्रको विकासका लागि राष्ट्रिय स्तरबाटै वजेट छुट्टयाउ आवश्यक रहेको उनको भनाई थियो।

कार्यक्रममा पूर्व सांसद शारदा पौडेल, पश्चिमाञ्चल खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेल, पोखरा लेखनाथ–२५ हेमजाका अध्यक्ष शोभाकर तिमिल्सिना, पूर्व गाविस अध्यक्ष रामचन्द्र त्रिपाठीले बोलेका थिए। कार्यक्रममा प्रतियोगितालाई सहयोग गर्ने विभिन्न संघ संस्था तथा व्यक्तिलाई सम्मान गरिएको हेमजा युनाईटेडका कोषाध्यक्ष इन्द्रबहादुर कुँवरले जानकारी दिए।

हेमजा युनाईटेडका अध्यक्ष इन्द्रप्रसाद त्रिपाठीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष मनोज कुमार श्रेष्ठले स्वागत तथा सचिव शंकरमणि त्रिपाठी ‘छन्दमणि’ र सन्तमान श्रेष्ठले संयुक्त रुपमा कार्यक्रम सञ्चालन गरेका थिए। यसैगरी प्रदेश प्रमुख कुँवरलाई कुँवर समाज हेमजाले सम्मान गरेको छ। प्रतियोगिताको समापन कार्यक्रममा सहभागि हुन आएका कुँवरलाई यहाँको कुँवर समाजले सम्मान गरेको थियो। त्यस अवसरमा डबलबहादुर कुँवर, वलबहादुर कुँवर, विशालजंग कुँवर र ओमबहादुर कुँवरले यहाँको वारेमा जानकारी गराएका थिए।