गन्तब्य धम्पुस महोत्सव सम्पन्न


पोखरा – कास्कीको पर्यटकीय गाउ धम्पुसमा स्थानिय लाली गुराँस युवा क्लवले आयोजना गरेको महोत्सव सम्पन्न भएको छ । वैशाख चार गतेदेखी शुरु भएको गन्तब्य धम्पुस महोत्सवको समापन गर्दै खेलकुद मन्त्री जगत विश्वकर्माले पर्यटकीय गाउ धम्पुसमा रहेको खेल मैदानको स्तरोन्नतीका लागी खेलकुद मन्त्रालयले सहयोग गर्ने वताए ।

मन्त्री विश्वकर्माले खेलकुद मन्त्रालयले विभिन्न खेलकुद गतिविधीहरुलाई गाउ सम्म पहुँच पु¥याउने लक्ष्य बमोजिम धम्पुसमा रहेको खेल मैदानको स्तरोन्नतीका लागी विशेष सहयोग रहने वताए ।

महोत्सवमा आयोजित पुरुष भलिवल तर्फको उपाधी संगम युवा क्लव गल्कोट बाग्लुङले हात पार्न सफल रहयो । उपाधी संगै नगद १ लाख, मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गर्न सफल भयो । माछापुच्छ«े गाउपालिका २ भुर्जङखोलाले दोश्रो स्थान हासिल गर्दै नगद ७० हजार, मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्न सफल भयोभने ताराखोला गाउपालिका ३ बाग्लुङले तृतिय स्थान हासिल गर्दै नगद ३० हजार, मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्न सफ भयो ।

महिला भलिभल तर्फ प्रथम टप्स उच्च माविले हात पार्न सफल भयो । दोश्रो माछापुच्छ«े गाउपालिका ८ ल्वाङले हात पार्न सफल भयो । टप्सका लक्ष्मी कुमाल प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भइन । माछापुच्छ«े ८ की पवित्रा केसी फाइनल खेलको उत्कृष्ट खेलाडी घोषित भइन ।

भलिवल प्रतियोगितामा महिला तर्फ बेष्ट लिफ्टर टप्सकी ममता दगौडा, वेष्ट स्पाइकर र वेष्ट प्लेयरको उपाधी रुपा थापाले हात पारिन । पुरुष भलिवल तर्फ म्यान अफदी म्याच ताराखोला गाउपालिका ३ का विष्णु खत्री दोश्रो सेमी फाइनलमा म्यान अफदी म्याच माछापुच्छ«े गाउपालिका राजेन्द्र पोख्रेल घोषित भए ।

फाइनल खेलका म्यान आफदी म्याच संगम युवा क्लव गल्कोटका पुस्कल थापा , वेष्ट ब्लकर ताराखोला गाउपालिकाका सन्तोष बस्नेत, बेष्ट ब्लकर संगम युवा क्लवका राम पुनले हात पारे । वेष्ट लिफ्टरको उपाधी संगमका मिन सुनार र वेष्ट सर्टको उपाधी संगमका पुस्कल थापाले हात पार्न सफल भए । प्रतियोगितामा उदयमान खेलाडी माछापुच्छ«े गाउपालिका २ का निकेश गुरुङ र वेष्ट प्लेयरको उपाधी माछापुच्छ«े गाउ पालिका २ का राम गुरुङले हात पारे ।

महोत्सवमा लोक दोहोरी तर्फ निरमाया दोहोरी सांझ प्रथम स्थान सहित नगद ४० हजार र प्रमाणपत्र प्राप्त गर्न सफल भयो , लोकदोहोरी प्रतिष्ठान बाग्लुङ दोश्रो स्थान सहित ३० हजार नगद र प्रमाण पत्र र लोकदोहोरी प्रतिष्ठान कास्की तृतिय स्थान सहित नगद २० हजार र प्रमाणपत्र प्राप्त गर्न सफल भयो । लोकदोहोरी प्रतिष्ठान स्याङजाले शान्तवना स्थान सहित नगद १० हजार हासिल गर्न सफल भए ।

रस्सा कस्सीमा धम्पुस गाविस साविकको दुइ नम्बर वडाले पहिलो स्थान हासिल गर्दै नगद ७ हजार र प्रमाणपत्र प्राप्त गर्न सफल भयोभने साबिकको धम्पुस गाविस ९ नम्बर वडाले दोश्रो स्थान सहित नगद ३५ सय र प्रमाण पत्र प्राप्त गर्न सफल भयोे । कृषि तथा हस्तकलातर्फ गीता भण्डारीले प्रथम स्थान हासिल गर्न सफल भइन । कृषि तथा हस्तकला तर्फ द्धितिय पुरस्कार लालकाजी बिकले हात पार्न सफल रहे । शान्तवना स्थान प्रेम बहादुर सुनार र सरिता भण्डारीले हात पारिन ।

झांकी तर्फ प्रथम माछापुच्छ«े गाउपालिका वडा नम्बर ८ का माछापुच्छ«े समाज , द्धितिय प्राचीन समाज साबिक माछापुच्छ«े ९ नम्बर वडाको झांकीले हात पार्न सफल भयो । तृतिय स्थान साविक धम्पुस वडा नम्बर २ ले हात पार्न सफल भयो । त्यसैगरी छेलो तर्फ स्याङजाका मिलन राना मगर प्रथम र तनहुका अशोक बिक द्धितिय भए ।

प्रतियोगिताका बिजयीहरुलाई प्रमुख अतिथी खेलकुद मन्त्री जगत बिश्वकर्मा, नेकपा एमालेका केन्द्रिय सदस्य तथा धम्पुसका पर्यटन ब्यवशायी दल बहादुर गुरुङ, लालीगुराँस युवा क्लवका संस्थापक अध्यक्ष सम बहादुर गुरुङ, क्लवका अध्यक्ष आसिम गुरुङ लगायतले पुरस्कार वितरण गरेका थिए ।