चिलाउनेखर्क होम स्टेका संचालक सिरुवारीमा


पोखरा । पोखरा लेखनाथ महानगरपालिका वडा नं. २१, निर्मलपोखरीस्थित चिलाउने खर्क सामुदायिक होम स्टे संचालकहरुले स्याङ्जाको सिरुवारी होम स्टेको अवलोकन भ्रमण गरेका छन् ।

अवलोकन भ्रमण गएको टोलीलाई सिरवारी पर्यटन समितिका अध्यक्ष जुमबहादुर गुरुङले स्वागत गर्दै होम स्टे संचालन गर्नु र धेरै मान्छे आउने वनाउनु मात्रै ठुलो कुरा नहुने वताएका थिए । उनले होम स्टे संचालनको लागि सरसफाई, स्थानिय उत्पादन, साँस्कृतिक कार्यक्रम पहिलो प्राथमिकतामा राख्नु पर्ने वताए।

भ्रमणटोलीको नेतृत्व चिलाउने खर्क होम स्टेका अध्यक्ष मानबहादुर थापामगरले आफ्नो गाउँलाई पनि पर्यटकिय क्षेत्र वनाउँने उद्धेश्यले घरवास कार्यक्रम संचालन गर्नका लागेको र घरवास सुर गर्नु पहिला पुर्वाधार विकासको लागि सफल होम स्टेको अवलोकन गर्न आएको वताए ।

पोखरालेखनाथ महानगरपालिका वडा नं. २१ का अध्यक्ष खगराज आचार्यले नेपाल गाउँ नै गाउँ मिलेर बनेकोे सुन्दर देश भएको र पर्यटकिय राजधानी पोखराको नजिकै रहेको निर्मलपोखरीको चिलाउने खर्क गाउँले होम स्टे संचालन गरी ग्रामिण पर्यटन प्रवद्र्धन गर्ने जमर्को गरेकोले आफुले जनप्रतिनिधिको भुमिका निर्वाह गरेको वताए ।

गाउँ पर्यटन प्रवद्र्धन मञ्च नेपाल (भिटोफ) प्रदेश नं. ४ का अध्यक्ष रविन्द्रराज पौडेलले भिटोफले प्रदेश नं. ४ भित्रका पर्यटकीय क्षेत्रमा होम स्टेको सम्भाव्यता अध्ययन पश्चात विभिन्न माध्यमहरुमार्फत गाउँहरुको प्रवद्र्धन गर्ने गरेको वताए ।

अवलोकन भ्रमणमा पोलेमनपा वडा नं. २१, चिलाउने खर्कका आमा समुह, युवा क्लबका पदाधिकारी तथा सदस्यहरु सहभागी भएका थिए ।