बार्सिलोनामा “शत्रु गतेको” क्रेज,दर्शकहरु भुइँमै बसेर चलचित्र हेरे


हाउसफुल भए पछि भुईमा नै बसेर भए पनि दर्शकहरुले चलचित्र हेर्दै..

बार्सिलोना/ हाउसफुल भए पछि नेपाली चलचित्र शत्रु गते लाई भुईमा नै बसेर पनि दर्शकहरुले हेरेका छन्। ३ सय क्षमता रहेको सिनेमा हलमा ४ सय बढी दर्शकहरु पुगे पछि भुइँमा नै बसेर भए पनि चलचित्र हेरेका हुन्। तर केहि दर्शकहरु भने टिकट नपाए पछि घर फर्किएका थिए। आईतबार स्पेनको बार्सिलोना स्थित जिरोना सिनेमा हलमा नेपालोना ईभेन्ट्सले चलचित्रको बिशेष सो प्रदर्शन गरेको हो।

दर्शकले खचाखच बार्सिलोनाको जिरोना सिनेमा हल

बहुचर्चित नेपाली चलचित्र ‘शत्रु गते’को क्रेज नेपालमा मात्र हैन युरोपमा बढ्दो छ। युरोपका बिभिन्न देशहरुमा चलचित्र प्रदर्शन भईरहेको छ।

प्रदिप भट्टराईको निर्देशनमा बनेको चलचित्रमा हरिवंश आचार्य,मदनकृष्ण श्रेष्ठ,किरण केसी, शिवहरि पौडेल, राजाराम पौडेल,दिपकराज गिरी, दीपाश्री निरौला, प्रियंका कार्की, पल शाह,आँचल शर्मा लगायतका कलाकारहरुको अभिनय रहेको छ।