शिक्षालय बेरोजगार उत्पादन गर्ने थलो हुनुहुँदैन ः मुख्य मन्त्री गुरुङ


पोखरा । कास्कीको माछापुच्छ«े गाउँपालिका वडा नं ३ घाचोकमा रहेको शुक्ला गण्डकी माविमा विराट शैक्षिक श्रीमद्भागवत धनधान्याञ्चल ज्ञान महायज्ञ सुरु भएको छ ।

गाउँपालिकाको केन्द्रमा रहेको विद्यालयलाई वहुउदेश्यीय प्राविधिक शिक्षालयको केन्द्रको रुपमा विकास गर्ने र व्यवसायीक तथा प्राविधिक जनशक्ति उत्पादन गर्ने लक्ष्य राखेर महायज्ञको आयोजना गरिएको हो ।

मंगलवारवाट सुरु भएको ज्ञान महायज्ञको एक कार्यक्रमका विच प्रदेश नं ४ का मूख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले समुद्घाटन गरे । यज्ञ वैशाख १८ गतेसम्म संचालन हुनेछ ।

कार्यक्रममा वोल्दै मन्त्री गुरुङले अवका विद्यालय तथा विश्वविद्यालयहरु वेरोजगार उत्पादन गर्ने थलो नभई स्वरोजगारमूलक शिक्षाको केन्द्र वन्नुपर्ने आवश्यकता औल्याँए ।

प्रदेश नं ४ मा पहिलोपटक शुक्ला गण्डकीले कक्षा ९ देखी १२ सम्मको प्राविधिक शिक्षालय स्थापना गर्ने सोचले यज्ञ आयोजना गरेको र प्रदेश सरकारको जोड पनि प्राविधिक विद्यालयहरु संचालन गर्ने रहेकोले दुवैको उदेश्य एउटै रहेको त्यसमा आफ्नो तर्फवाट पनि सकेको यथोचित सहयोग गर्ने प्रतिवद्धता मन्त्री गुरुङले व्यक्त गरे ।

माछापुच्छ«े गाउँपालिकाका अध्यक्ष कर्णवहादुर गुरुङले समृद्ध नेपाल सुखी नेपालीको नारालाई सार्थक साधारण शिक्षाले सम्भव नहुने भएकोले अवको शिक्षा प्राविधिक हुुनुपर्ने विचार राखे । विद्यालयले सुरु गरेको कार्यमा गाउँपालिका शतप्रतिशत सहमत रहेको र साथ दिन तत्पर रहेको भनाई राखे ।

महायज्ञ मूल आयोजक समितिका अध्यक्ष रविलाल पोखरेलको अध्यक्षतामा भएको समुद्घाटन समारोहमा, भाष्कर पण्डित कमलनयन गौतम, गाउँपालिकाका शिक्षा विभाग प्रमुख लोकनाथ आचार्य, विद्यालयका प्राध्यानाध्यापक शान्तिरमण पोखरेल, मूल आयोजक समितिका उपाध्यक्ष टेकनशोभा गुरुङ तथा महासचिव मौसम कार्कीले पनि प्राविधिक शिक्षालयको आवश्यकता र महत्वको वारेमा आफ्नो भनाई राखेका थिए ।
यज्ञ उद्घाटन अघि वडाका विभिन्न टोलहरुमा शान्ति कलस यात्रा गरिएको थियो । कलशयात्रामा स्थानीय आमा समुहहरु, विद्यार्थी तथा स्थानीयहरुको वाक्लो सहभागिता थियो ।

महायज्ञको पहिलो दिनमानै ७ लाख २ हजार ७ सय २१ रुपैयाँ संकलन भएको छ । माछापुच्छ«े गाउँपालिका वडा नं ३ का ईन्द्रवहादुर गुरुङले २ लाख १ सय ११, संरक्षण क्षेत्र व्यवस्थापन समिति घाचोकवाट १ लाख ५१ ह्जार १ सय ५१, प्रतिनिधिसभाका सांसद तथा उद्योगी सूर्यवहादुर केसीवाट १ लाख ११ हजार १ सय ११, घाचोककै हरिश्चन्द्र लम्सालवाट १ लाख ११ हजार १ सय ११ तथा मे. रामप्रसाद गुरुङवाट १ लाख १ सय ११ रुपैयाँ दान गर्नुभयो ।