महानगरपालिकाद्धारा किसानलाई ३० लाख रुपैयाँको कृर्षि सामााग्री वितरण


पोखरा – पोखरा लेखनाथ महानगरपालिकाले किसानलाई ३० लाख रुपैयाँको कृर्षि सामााग्री वितरण गरेको छ । महानगर कृर्षि शाखाले आर्थिक वर्ष २०७४÷७५ कार्यक्रमबाट पारित अनुदान रकम मध्यबाट पहिलो चरणमा उक्त सामाग्री वितरण गरेको छ । महानगरले यस वर्ष ७४ लाख रुपैयाँको कृर्षि सामाग्री वितरण गर्ने कार्यक्रमको सुरुवात बुधबार सुरु गरेको हो ।

४४ लाख रुपैयाँ वरावरको अनुदान यसवर्षभित्रै वितरण समेत गरिने भएको छ । अनुदान अन्र्तगत ५० प्रतिशत अनुदानमा किसानलाई सामाग्री वितरण कार्यक्र सुरु गरिएको कृषि महाशाखाले जनाएको छ । सामाग्री वितरण कार्यक्रमको सुरुवात प्रदेश ४ का भुमि ब्यबस्थापन कृषि तथा सहकारी मन्त्री लेख बहादुर थापा मगर, प्रदेश ४ का भुमि ब्यबस्थापन कृषि तथा सहकारी मन्त्रालयका सचिब शरद चन्द्र श्रेष्ठ र पोखरा लेखनाथ महानगरपालिका उपमेयर मञ्जुदेवी गुरुङले किसानलाई कृर्षि सामाग्री वितरण गरेर गर्नुभयो ।

महानगर कृषि बिकास कार्य दलको बैठक बाट छनोट भएका २२४ कृषि फर्म, समूह, सहकारी लाइ ५० प्रतिशत अनुदानमा कृषि सामग्री हाते ट्रयाकटर ३० वटा, सिल्पौलिन प्लास्टिक २१३, मौरी घार १४७, थोपा सिचाई सेट ७०, स्प्रेयर २०४, क्रेट ५०५, डिजिटल तराजु ७३ वटा को लागि रु ३० लाख अनुदान, स्थायी प्लास्टिक घर ८० वटाको २४ लाख रुपैयाँ अनुदान, साना सिचाई कार्यक्रम तर्फ ३२ वटा आयोजनाको लागि रु २० लाख गरि ७४ लाख बराबरको कार्यक्रम रहेको पोखरा लेखनाथ महानगरपालिका कृषि महाशाखा प्रमुख वरिष्ट बागबानी विकास अधिकृत मनहर कडरियाले बताउनुभयो ।

स्थानीय निकायमा यस बर्ष कम बजेट छुटिएकाले सबैको माग सम्बोधन गर्न नसकियको र आगामी बर्ष देखि मागमा आधारित कार्यक्रम सम्बोधन गर्नको लागि वाड स्तरमा गठन भएका कृषि संजालले कार्यक्रम पेश गर्ने र सोहि अनुसार कार्यक्रम संचालन गर्ने शाखाले जनाएको छ ।

प्रदेश ४ का भुमि ब्यबस्थापन कृषि तथा सहकारी मन्त्री लेख बहादुर थापा मगरले कृषिलाई प्रदेश सरकारलाई प्राथमिकतामा राखेको बताउदै कृषिमा आत्मनिर्भर बनाउने गरि अगाडी बढनुपर्नेमा जोड दिनुभयो । कार्यक्रमको जति सक्यो धेरैले उपयोग गर्नुपर्ने र दुरुपयोग गरेको खण्डमा महानगरका आगामी कार्यक्रम सम्बोधन हुन नसक्ने, कृषिको उत्पादन र उत्पादकत्व बढाउनको लागि कृषिमा अनुदान आवश्यक रहेकोले आगामी वर्षा देखि उत्पादनको आधारमा अनुदान दिने कार्यक्रम संचालन गरिने भएको छ ।

पोखरा लेखनाथ महानगरपालिका उपमेयर मञ्जुदेवी गुरुङले कृषिलाई बिशेष प्राथमिकता दिने बताउदै कृषिका नीति तथा ऐन पनि भर्खरे महानगर सभाबाट पारित भएकाले आगामी दिनमा किसानको माग सम्बोधन हुने गरि कार्यक्रम संचालन गर्नुपर्नेमा जोड दिनुभयो ।

वितरण मुखी भन्दा परिमाण मुखी कार्यक्रम तथा कृषिउपज मा आत्मनिर्भर हुने कार्यक्रम संचालन गदै उत्पादक र उपभोक्ताको हितको लागि प्रांगारिक उन्मुख कृषि पर्यटन लाइ जोडनुपर्ने बताउनुभयो । प्रदेश न ४ का भुमि ब्यबस्थापन कृषि तथा सहकारी मन्त्रालयका सचिब शरद चन्द्र श्रेष्ठले किसानको बर्गिकरण गर्ने र सोहि अनुसार अनुदान दिने व्यवस्था गर्नुपर्ने बताउदै उत्पादनको वा आम्दानीको आधारमा अनुदान उपलब्ध गराउने, स्थानीय उत्पादन तथा प्रांगारिक उत्पदनालाइ जोड दिनुपर्ने बताउनुभयो ।

उहाँले अबको कृषिको बिकास गर्ने स्थानीय निकायले नै भएकाले त्यसको लागि साधन स्रोत को व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभयो । पोखरा लेखनाथ महानगर कृषक संजालका सचिब धर्म दत्त पौडेलले राज्यले कृषकलाई सम्बोधन गर्नुपर्ने र सहुलियत दरमा ऋण दिनुपर्ने बताउदै किसानलाई विमाको ब्यस्था र उत्पादित बस्तुको बजार ब्यबस्थित हुनुपर्ने बताउनुभयो ।

पोखरा लेखनाथ महानगरपालिका कृषि महाशाखा प्रमुख वरिष्ट बागबानी विकास अधिकृत मनहर कडरियालेको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला कृषि बिकास कार्यालय प्रमुख लोकेन्द्र बोहरा, क्षेत्रीय बाली संरक्षण प्रयोगशाला प्रमुख धन बहादुर राना,पोखरा लेखनाथ महानगरपालिका आर्थिक महाशाखा प्रमुख बसन्त सिग्देल लगायतले बोलेका थिए ।