लायन्स क्लब अफ पोखरा सेन्ट्रल गार्डेनको अध्यक्षमा रानाभाट


पोखरा । लायन्स क्लब अफ पोखरा सेन्ट्रल गार्डेनको हालै सम्पन्न अधिवेशनले लायन वर्ष २०१८÷१९ को अध्यक्षमा कृष्णबहादुर रानाभाटलाई चयन गरेको छ।

त्यस्तै क्लबको प्रथम उपाध्यक्षमा मीना रानाभाट, दितिय उपाध्यक्षमा दुर्गा प्रसाद च्वाईँ, तृतिय उपाध्यक्षमा तर्कबहादुर गुरुङ, सचिवमा तुलबहादुर रानाभाट, कोषाध्यक्षमा आनन्द पौडेल चयन गरेको छ ।

क्लबको एजुकेशनल डाइरेक्टरमा गौतम रानाभाट, सोसियल डाईरेक्टरमा लालबहादुर रानाभाट, हेल्थ डाईरेक्टरमा सुनिल सुवेदी, फाईनान्सीयल डाइरेक्टर प्रमोद रानाभाट, मेम्बरसीप डाइरेक्टरमा राजु वराल, टेल ट्वीस्टरमा हरिप्रसाद रेग्मी, पिआरओमा प्रविण केसी र सदस्यमा विरेन्द्र तिमिल्सिना, पुष्पा पाईजा, भेषराज पोखरेल, विष्णु रानाभाट चयन भएका छन् । साथै सल्लाहकारमा क्लबका संस्थापक अध्यक्ष हरिबहादुर भाटलाई चयन गरेको छ ।

दितिय उपाध्यक्ष मीना रानाभाटको संयोजकत्वमा गठित निर्वाचन समितिले निर्वाचन गराएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि केदार भट्टराईले लायन्स क्लबको बारेमा वोल्दै निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।

क्लबको अध्यक्षमा चयन भएपछि कृष्णबहादुर रानाभाटले विश्वको सबैभन्दा धेरै सदस्य भएको संस्थाको गरिमालाई उँचो राख्न शिक्षा, स्वास्थ्य र वातावरणको क्षेत्रमा सक्दो कार्य गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

क्लबका अध्यक्ष हरि बहादुर भाटको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत प्रथम उपाध्यक्ष कृष्णबहादुर रानाभाटले र संचालन सचिव गौतम रानाभाटले गरेका थिए ।