नेत्र गुरुङको के यहि माया हो म्युजिक भिडियो सार्वजनिक


पोखरा । सांगितिक क्षेत्रका वहुप्रतिभाका धनी नेत्र गुरुङद्धारा निर्देशन गरिएको के यहि माया हो शिर्षकको म्युजिक भिडियो हालै युट्युव मार्फत सार्वजनिक भएको छ ।

स्वर/शब्द/संगित तथा सम्पादन समेत उनै गुरुङको रहेको उक्त म्युजिक भिडियोलाई हाईलाईट्स नेपालले युट्युव मार्फत सार्वजनिक गरेको हो ।

उक्त भिडियोमा रोहन नेपाली र ज्योत्ना योगीले मोडलिङ गरेका छन् भने कलरिष्टमा कृष्णराज थापा, संगित संयोजन अमित गुरुङ, रेकर्डिष्ट तथा मिक्सिङमा सिजन बज्राचार्य रहेका छन् ।

नेत्र इन्टरटेन्मेन्टको पोष्ट प्रोडक्सन रहेको उक्त म्युजिक भिडियोको छायाङ्कन पोखरा आसपास गरिएको थियो भने छायाङ्कनमा प्रकाश गुरुङ रहेका छन् ।
पुरा भिडियो हेर्न यो लिंकमा जानु होस ् ।