‘तरकारीवाली’ अभिनित चलचित्र ‘लम्फु’ बैशाख २८ गते देखि प्रदर्शन


पोखरा – झण्डै डेढ बर्ष अगाडी सामाजिक संजालमा चर्चित भएकी कुशुम श्रेष्ठ ‘तरकारीवाली’ ले अभिनय गरेको चलचित्र ‘लम्फु’आगामी बैशाख २८ गते देखी प्रदर्शन हुने भएको छ ।

प्रचार–प्रसारको लागी पोखरा आइपुगेको चलचित्र युनिटले पत्रकार सम्मेलनको आयोजना गरी ‘लम्फु’बारे जानकारी गराएको छ । चलचित्रमा ‘तरकारीवाली’ नै किन आवश्यक परीन भन्ने जिज्ञासामा निर्देशक गोपालचन्द्र लामिछाने सुहाउने चरीत्र र उनको चर्चालाई उपयोग गर्न कुशुमलाई चलचित्रमा अभिनय गराइएको बताए । ‘हामीले कुशुमजीलाई सदुपयोग गरेका छौ, दुरुपयोग गरेका छैनौ ।’ निर्देशक लामिछानेले भने–‘कुशुमकै चाहनामा उनलाई चलचित्रमा अनुबन्ध गरीएको हो ।’

चलचित्रका निर्माता शक्तिबल्लभ घोरासैनीले ‘लम्फु’लाई प्याकेज चलचित्रको रुपमा ब्याख्या गरे । उनले ‘लम्फु’ मा एउटा ब्यबसायिक चलचित्रमा हुने सबै बिशेषता भएको बताए । चलचित्रले बेरोजगार युवाको कथा पेश गर्दछ । फिल्मका प्रमुख अभिनेता कबिर खड्काले आफुले फिल्म कलेजमा सिकेको सबै अभिनयको ज्ञानलाई चलचित्रमा पोखेको बताए । खड्काले ओस्कार कलेज अफफिल्म स्टडी बाट अभिनयमा स्नातक गरेका हुन ।

चलचित्रमाखड्का संगै सलोन बस्नेत, मरीश्कापोखरेल, चाँदनीशर्मा, संजित भण्डारी लगायतकाकलाकारले अभिनय गरेका छन । पपुलर मल्टी मिडियाद्धारा प्रस्तुत चलचित्रका गितमा अर्जुन पोखरेलको संगित छ । छायांकन दिपकबज्राचार्यले गरेका हुन ।