दोश्रो दक्षिण एशयिाली योग खेलकुद च्याम्पियनशिप जारी


पोखरा – नेपाल योग खेलकुद संघको आयोजनामा “दोश्रो दक्षिण एशयिाली योग खेलकुद च्याम्पियनशिप तथा प्रथम माउन्ट एभेरेष्ट अन्तर्राष्ट्रिय योग महोत्सव”  पोखरामा जारी रहेको छ ।

नेपाल योग खेलकुद संघका महासचिव चुडामणी खरेलका अनुसार शनिबार उमेर समुहरु मध्ये ११ वर्ष मुनी, ३६ देखि ४९, ५० वर्षदेखि माथि पुरुष र महिलाहरुले प्रतिष्पर्धा गरेका थिए ।

महासचिब खरेलका अनुसार ६ स्वर्ण, त्यसैगरि १२ देखि १७ वर्ष र १८ देखि ३५ वर्षको पुरुष र महिला खेलाडीहरु बिच छुट्टा–छुट्टै इन्डिभिजुल र टिममा ८ स्वर्ण गरि कुल १४ वटा स्वर्ण रजत र कास्य पदकमा प्रतिष्पर्धाहरु आइतबार सम्पन्न हुने र विजेता खेलाडीहरुलाई पदक तथा प्रमाणपत्र प्रदान गरिने छ । त्यसैगरि सबै समुहबाट उत्कृष्ट पुरुषलाई साउथ एशिया योग र महिलालाई साउथ एशिया योगिनी गरि थप दुइ जनालाई २ स्वर्ण सहित आइतबार सम्मान गरिनेछ ।

प्रतियोगितामा ५ मुलुकका करिब २ सय ७५ महिला तथा पुरुष खेलाडीको सहभागिता रहेको छ । उनका अनुसार प्रतियोगितामा प्रतिष्पर्धाका लागि भारत बाट ९० जना खेलाडी र १० जना अफिसियल गरि १ सय जना, अफगानिस्तान बाट ६, पाकिस्तान बाट ४, बंगालादेश बाट ४ जना खेलाडी नेपाल आएका छन । नेपालका विभिन्न उमेर सुमह बाट कुल १ सय २५ जना खेलाडी मेडलका लागि प्रतिष्पर्धा गर्ने छन भने नेपालका तर्फ बाट २० जना अफिसियल रहेका छन ।

महासचिब खरेलका अनुसार मलेसियाले समेत योग खेलकुद बारे जानकारी लिन खेलाडी आएका छन भने मलेसिया बाट १४ जना खेलाडी सहभागिताका लागि पोखरा आएका छन । यसै गरि पर्यवेक्षकका रुपमा जर्मनी, आयरलैण्ड, स्लोभानिया, दक्षिण अफ्रिका र थाइलैण्ड बाट समेत १२ जना अन्तर्राष्ट्रिय पर्यवेक्षकहरु छन ।

शनिबार नै प्रथम माउन्ट एभेरेष्ट अन्तर्राष्ट्रिय योग महोत्सवको कार्यक्रम अन्र्तगत स्लोभानिया, मलेसिया र आयरलैण्ड लगाएतका अन्य सहभागी मुलुकका विभिन्न उमेर समुहका खेलाडीहरुले १५ वटा मेडलका लागि प्रतिष्पर्धा गरेका थिए । महासचिव खरेलले यस पटक दक्षिण एशिया बाहेक केही अन्य विदेशी मुलुकहरु महोत्सवमा सहभागी भए पनि माउन्ट एभेरेष्ट अन्तर्राष्ट्रिय योग महोत्सवलाई आगामी वर्ष व्यवस्थित बनाउँदै ३५ मुलुकलाई सहभागिता गराउने समेत बनाउने बताए ।

प्रतियोगितामा ५ मुलुकका करिब २ सय ७५ महिला तथा पुरुष खेलाडीको सहभागिता रहेको छ । उनका अनुसार प्रतियोगितामा प्रतिष्पर्धाका लागि भारत बाट ९० जना खेलाडी र १० जना अफिसियल गरि १ सय जना, अफगानिस्तान बाट ६, पाकिस्तान बाट ४, बंगालादेश बाट ४ जना खेलाडी नेपाल आएका छन ।

नेपालका विभिन्न उमेर सुमह बाट कुल १ सय २५ जना खेलाडी मेडलका लागि प्रतिष्पर्धा गर्ने छन भने नेपालका तर्फ बाट २० जना अफिसियल रहेका छन ।