पाइसभास्कोमा नयाँ बर्ष बिशेष कार्यक्रम सम्पन्न


बार्सिलोना/ एनआरएनए स्पेनको क्षेत्रीय समिति पाइसभास्कोले नयाँ बर्ष बिशेष कार्यक्रम सम्पन्न गरेको छ। गत साता कलाकारहरुको बिशेष प्रस्तुतिसँगै संघले कार्यक्रम सम्पन्न गरेको हो। कार्यक्रममा गायक कृष्ण काफ्ले लगायत कलाकारहरु प्रस्तुति राखेका थिए।  

एनआरएनए युरोप क्षेत्रीय उपसंयोजक एकराज गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा एनआरएनए स्पेनका उपाध्यक्ष सुनिल रानाभाट,सचिब तुलसी गुरुङ,जीवन प्रसाई,क्षेत्रीय समिति म्याड्रिडका अध्यक्ष उत्तर राई,उपाध्यक्ष मेघनाथ ढकाल,पाइसभास्कोका पुर्ब अध्यक्ष राम दहाल लगायत संघ सस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो। क्षेत्रीय समिति पाइसभास्कोका अध्यक्ष माहानारायण चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिब कमला बरालले गरिन्।