चलचित्र हैरान युनिट पोखरामा


पाेखरा –  नेपालीचलचित्र हैरान युनिट चलचित्र प्रचार प्रसार संगै हैरान च्यालेन्ज कार्यक्रम लिएर पोखरा आइपुगेको छ । अभिनय र गायनमा ‘राष्ट्रिय प्रतिभाको खोजी’गर्ने उदेश्यले गत २ बैशाख देखि झापाबाट अडिसन थालेको यो युनिट पुर्वका बिभिन्न शहर हुँदै पोखरा आइपुगेको हो । चलचित्र युनिट विहिबार पोखरामा चलचित्र पत्रकार संघ कास्कीको आयोजनामा पत्रकारमाझ प्रस्तुत भयो । पत्रकार सम्मेलनमा निर्देशक सौगात विष्ट, कलाकार गजित विष्ट, सागर लम्साल, आरोही शर्मा, सिताराम पोखरेल लगायतको सहभागिता रहेको थियो ।

पत्रकार सम्मेलनमा बोल्दै बिश्वकै कान्छा निर्देशक समेत रहेका सौगातले ‘हैरान’ले दर्शक हसाएर मनोरञ्जन दिने बताए । यो युनिटले २८ र २९गते काठमाडौंमा अडिसन गर्ने जनाएको छ । ‘हैरान’को च्यालेन्जबाट छानिएका तीनै विधाका विजेतालाई जनही १ लाखनगद र डान्स फिवर मार्फत निर्माणहुने चलचित्र तथा म्युजिक भिडियोमा अवसर दिइने निर्माता समेत रहेका अभिनेता गजित बिष्टले बताए । अडिसनबाट छानिएर टप १५ मा पर्ने सम्पूर्णलाई जनही १० हजार नगद प्रदान गरिने समेत टिमले जनाएको छ । प्रतियोगिताको निर्णायकको रुपमाचलचित्र हैरानका कलाकार निश्मा घिमिरे, गायक स्वरुपराज आचार्य, कलाकार निर्मल शर्मा, गायक सत्यराज आचार्य र नृत्य निर्देशक गम्भिर विष्ट रहेकाछन् । जेठ ४ गते रिलिजहुने चलचित्र ‘हैरान’मा सत्यराज आचार्य, गजितविष्ट, मोहमद वसिम राजा, सागर लम्साल, निश्मा घिमिरे, सरोज खनाल, बुद्धि तामाङ, पुष्कर रेग्मी, एन्जल राई, आरोही शर्मा लगायतको अभिनय रहेको छ ।
चलचित्र पत्रकार संघ कास्कीका कार्यवाहक अध्यक्ष राजाराम पौडेलको अध्यक्षतामा भएको पत्रकार सम्मेलनको सञ्चालन सहसचिव सन्तोष सुवेदीले गरेकाथिए ।