शुक्रबार देखी चलचित्र “मनाङ्गे नानी” को प्रर्दशन सुरू


पोखरा – नेपाली कथानक चलचित्र “मनाङ्गे नानी” को अाज (शुक्रबार) देखी देशका बिभिन्न ठाउँमा रहेका चलचित्र घरहरुमा एकसाथ प्रर्दशन  भएको छ । शुभेच्छा फिल्म प्रोडक्शन प्रा.लिको ब्यानरमा बनेको चलचित्र मनाङ्गे नानीको तुल्सीपुर, नेपालगञ्ज, भैरहवा तथा पोखरा लगायत अन्य शहरहरुमा प्रर्दशन सुरू भएकाे हाे ।

नायक भिम गुरुङ र नायिका शान्ति गुरुङको मुख्य अभिनय रहेको सो चलचित्र युवा पुस्तालाई लक्षित गरी माया प्रेमका बिषयबस्तु समाबेश गरी निर्माण गरिएको चलचित्रका निर्देशक खुस बहादुर गुरुङले बताए । उनले भने “यो चलचित्रले मनाङ जिल्लामा पर्यटकहरुलाई अधिक मात्रामा भित्राउन समेत टेवा पु¥याउनेछ ।” साथै त्यहा रहेका पर्यटकिय सम्भाव्य ठाउँहरुको प्रर्बद्धनमा सहयोग पुग्ने गरी चलचित्र निर्माण गरिएको उनको बताए ।

“नेपाली तथा तमु समुदाय सँग सम्बन्धित संस्कारको बिषयकाई पनि चलचित्रमा प्रस्तुत गरेका छौ” उनले भने– अझ यो चलचित्र समसामहिक समेत रहेको छ । उनका अनुसार उक्त चलचित्र मनाङ जिल्लाको ताँचे गाउँ, युङलुङ मैदान, बगरछाप, पिसाङ, गंगापूर्ण ताल, तिलिचो ताल तथा पोखरा, तनहुँ लगायतका ठाउँहरुमा छायाँकन गरिएको छ ।

५० लाख भन्दा बढि लागतमा बनेको चलचित्रमा गौतम गुरुङ, सोल बहादुर गुरुङ, भिमराज गुरुङ र टिका गुरुङले निर्माताको भुमिका निर्बाह गरेका छन भने सो चलचित्रको कथा, संगित तथा निर्देशन खुस बहादुर गुरुङको रहेको छ । साथै कुशल गुरुङ, रिया गुरुङ, जेनिशा गुरुङ लगायतको बिशेष भुमिका रहेको चलचित्रको छायाँकन श्रीकृष्ण फुयालले गरेका छन ।