मेयरकप भलिबलको उपाधी वडा २३ लाई


पाेखरा – कास्की जिल्ला भलिबल संघ र पोखरा लेखनाथ महानगरपालिकाद्वारा पोखरामा आयोजित मेयरकप भलिबल प्रतियोगिताको उपाधी वडा नम्बर २३ ले जितेको छ । शनिबार पोखरा रंगशालामा सपन्न फाइनल खेलमा वडा नम्बर २१ लाई २५–१३, २६–२४ र २५–२१ को सोझो सेटमा पराजित गर्दै वडा २३ ले पहिलो पटक आयोजित प्रतियोगिताको उपाधी आफ्नों नाम गराएको हो । वडा नम्बर १८ लाई ३–१ सेटमा पराजित गर्दै वडा नम्बर ३३ ले तेश्रो स्थान हाँसिल ग¥यो ।

जितसंगै वडा नम्बर २३ ले नगद १ लाख सहित मेयर कप, मेडल, प्रमाणपत्र पुरस्कार प्राप्त गर्दा दोश्रो स्थान हाँसिल गरेको वडा नम्बर २१ ले नगद ५० हजार सहित कप, मेडल, प्रमाणपत्र पुरस्कार प्राप्त ग¥यो । तेश्रो स्थान हाँसिल गरेको वडा नम्बर ३३ ले नगद २५ हजार सहित कप, मेडल, प्रमाणपत्र पुरस्कार प्राप्त ग¥यो ।

प्रतियोगितामा वडा नम्बर २३ का सुन्दर भण्डारी उत्कृष्ट स्पाइकरका साथमा सर्वोत्कृट खेलाडी घोषित भए । त्यस्तै २३ कै सन्तोष घिमिरे उत्कृष्ट ब्लकर, २३ का अर्जुन घिमिरे उत्कृष्ट सेटर, २१ का सन्तोष कार्की उत्कृष्ट सर्मर तथा २१ कै विक्रम भुजेल उत्कृष्ट क्विकर भए । विजयी खेलाडीहरुलाई पोखरा लेखनाथ महानगरपालिकाका उपमेयर मञ्जु गुरुङ्गले एक समारोहका विच नगद तथा पुरस्कार वितरण गरिन् । पुरस्कार वितरण गर्दै उपमेयर गुरुङ्गले स्वास्थ्य र सभ्य समाज निर्माणका लागि खेलकुदको महत्व हुने बताइन् । उनले भलिबलको उदाहरण प्रस्तुत गर्दै जनप्रतिनिधीहरुले पनि यस्तै एकता कायम गर्न सके सफलता हाँसिल गर्नेमा जोड दिइन् ।

समापन कार्यक्रममा बोल्दै महानगरका खेलकुद कार्यक्रम संयोजक रबिन्सन प्रजुले मेयर कपलाई वार्षिक क्यालेण्डरमा राखिने जनाए । संघ कास्कीका अध्यक्ष भिम पराजुलीले प्रतियोगिताको निरन्तरताका लागि रनिङ्ग शिल्डका रुपमा खेलाइनुपर्नेमा जोड दिए । समितिका सदस्य टंक पौडेलले कार्यक्रम सञ्चालन गरेका थिए ।

यसैबिच, भलिबल खेलको विकास र प्रवद्र्धनमा योगदान पु¥याएको भन्दै पोलेमनपाका कानुन अधिकृत नारायण शर्मा, जिल्ला खेलुकद विकास समिति कास्कीका कोषाध्यक्ष दिपक गोदार र कार्यालय प्रमुख प्रकाश बराललाई सम्मान गरिएको थियो । पूर्व राष्ट्रिय खेलाडीद्वय सोम गुरुङ्ग र गमबहादुर गुरुङ्ग उत्कृष्ट क्विकर विक्रम भुजेलको खेलबाट प्रभावित भएर व्यक्तिगत रुपमा नगद सहित पुरस्कृत गरेको सचिव कुमार गुरुङ्गले जानकारी दिए ।