तनहुँँको दमौलीमा तमु चलचित्र महोत्सव २०७५ हुने


राजाराम पौडेल,पोखरा – गुरुङ फिल्म एशोसियसन नेपालको आयोजना तनहुँँको दमौलीमा तमु चलचित्र महोत्सव २०७५ हुने भएको छ । जेठ ४ र ५ गते आयोजना गरिने महोत्सवमा गुरुङ चलचित्र कर्म क्या, मैरिमो, समिङही र ङै माया क्यो प्रर्दशन हुनेछ । प्रर्दशन पश्चात निर्माता तथा निर्देशकसँग दर्शकको साक्षात्कार हुनेछ । चलचित्रका बारेमा दर्शकका जिज्ञाशा, सुझाब, प्रतिक्रियाबारे निर्माता तथा निर्देशकले जवाफ दिनेछन् ।

गुरुङ फिल्म एशोसियसन तनहुँ र आदिवासी जनजाति जिल्ला समन्वय समिति तनहुँको सह—आयोजनामा महोत्सव आयोजना हुन लागेको हो । महोत्सवको अवसरमा गुरुङ संघसंस्थाले गुरुङ चलचित्रलार्य हेर्ने दृष्टिकोणको बारेमा अन्र्तक्रिया कार्यक्रम समेत गरिने गुरुङ फिल्म एशोसियसन नेपालका अध्यक्ष गिरी प्रसाद गुरुङले जनाए ।