सन्दीप लामिछाने विश्व ११ टोलीमा छानिए


पोखरा – नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने विश्व ११ टोली बाट लर्डसमा खेल्न टोलीमा छानिएका छन् । मे ३१ मा हुने आईसीसी विश्व ११ र वेस्ट इन्डिजका बीच विशेष सहयोग २०–२० क्रिकेट खेलमा छनौट भएका हुन् ।

सो प्रतियोगितमा खेल्न सन्दीप विश्व ११ को टोलीमा परेको आईसीसीले जनाएको हो। प्रतियोगिता इंग्ल्यान्डको लर्डस क्रिकेट मैदानमा हुनेछ ।

हुरिकन इर्मा र मारिआ आँधिबेरीका कारण डोमिनिकाको विन्डसोर पार्क रंगशाला र अंगुइलाको जेम्स रोनाल्ड वेबस्टर पार्क रंगशाला पुनर्निमाणका लागि विश्व ११ र वेस्ट इन्डिजका बीच च्यारिटी खेल प्रतियोगिता हुन लागेको हो । पहिलो पटक नेपाली खेलाडी विश्व ११ को टोलीमा परेका हुन्।

उनको टोलीको कप्तान इयान मोर्गान हुन् । यस्तै टिममा साहिद अफ्रिदी, तमिक इकवाल, दिनेश कार्तिक, रसिद खान, मिचेल म्याक्लेनेगन, सोयब मल्लिक, हार्दिक पाण्डेया, थिसारा परेरा, लुक रोन्ची छन् ।

खेल वेस्ट इन्डिजको क्यारेबियनमा गएको वर्ष हुरिक्यान आँधीका कारण जीर्ण बनेको स्टेडियम पुनः निर्माणका लागि हुन लागेको आईसीसीले जनाएको छ ।

वेस्ट इन्डिज टी ट्वान्टी विश्वकप विजेता टोली हो । जसमा स्यामुअल बद्री, कार्लोस ब्रेथवेट, क्रिस गेल, इभिन लुइस, मार्लोन स्यामुअल्स, एन्द्रे रसेल, सुनिल नारायनजस्ता टी ट्वान्टीको उत्कृष्ट खेलाडीहरु रहेका छन् ।