भाट समाजको निर्माणाधिन भवनलाई सहयोग


पोखरा । पोखरा लेखनाथ महानगरपालिका वडा नं. २६ कालिकाचोक, लेखनाथमा निर्माणाधिन रानाभाट÷भाट समाजको बहुउद्धेश्यिय भवनलाई आर्थिक सहयोग आउने क्रम जारी रहेको छ ।

लमजुङको मध्येनेपाल नगरपालिका वडा नं. १, वेशीबाँग्रे हाल पोखरालेखनाथ महानगरपालिका वडा नं. १५, नयाँगाउँ निवासी समाजसेवी चम्फा रानाभाटले एक लाख ११ हजार एक सय ११ रुपैयाको नगद भवन निर्माण समितिका संयोजक ठाकुरप्रसाद रानाभाटलाई हस्तान्तरण गरेकी छन् ।

सहयोग प्रदान गर्दै रानाभाट क्षेत्रिय समितिमा दुइकार्यका सदस्यको रुपमा रहेकी रानाभाटले तत्कालिन अवस्थामा रानाभाट समाजको क्षेत्रिय समितिले निर्णय गरेका विभिन्न योजनाहरु मध्ये भवन निर्माण पनि एक भएकोले आफुले सक्दो सहयोग गरेको वताईन् ।

भवन निर्माण तथा अर्थ संकलन समितिका संयोजक ठाकुर प्रसाद रानाभाटले भवन निर्माण कार्य अगाडि वढि रहेको र सहयोग आउने क्रम पनि जारी रहेको वताउँदै सहयोगी हातहरुलाई धन्यवाद दिदैं हालसम्म एक करोड ५ लाख नगद सहयोग प्राप्त भएको र भवन सम्पन्न गर्न करिब ४५ लाख थप लाग्न सक्न उनले वताए ।