ड्यामसाइड क्षेत्रलाई सुन्दर हराभरा वनाउन मेयरको सुझाव


पोखरा । पोखरा लेखनाथ महानगर पालिकाका मेयर मानबहादुर जिसिले ड्याम साइड क्षेत्रलाई सुन्दर हराभरा वनाउन सुझाव दिएका छन् ।

ड्याम साइड क्लबको आयोजनामा शनिबार भएको पदस्थापन कार्यक्रमको उद्घाटन गर्दै ड्याम साईड क्षेत्रलाई व्युटिफिकेसन गर्न आग्रह गर्दै भने, ‘तपाईहरु ड्याम साईडलाई पर्यटकिय क्षेत्र वनाउन साच्ची कै भित्रि योजना छ भने व्युटि फिकेसनमा ध्यान दिएर योजना वनाउनुस्।’ उनले भने, ‘तपाईको क्षेत्र सफा, सुन्दर र हरियाली छ भने पर्यटकहरु खोज्दै आउँछन् ।’

उनले पर्यटकिय क्षेत्रमा होटल, रेष्टुरेण्ट, किराना पसलहरुमा राती अबेरसम्म खोल्न पाइने तर गलत क्रियाकलाप हुन दिनु भएन । साथै अब स्थानिय विकासका कार्यहरु गर्ने भनेको स्थानिय निकायले हो तपाईहरुले मन्त्री, सासंदहरुलाई गुहारे पनि उहाँहरुले अन्तिममा मलाई नै भन्नुहुन्छ ।

ड्यामसाईड निवासी इन्जिनियर किसान सिं गुरुङको नेतृत्वमा आर्की टेक्चर सोफिया गुरुङले तयार पारेको ड्यामसाईड क्षेत्रको समग्र विकास सम्बन्धि बिस्तृत योजना प्रोजेक्टर मार्फत प्रस्तुत गरिएको थियो ।

पोलेमनपा वडा नं. १७ का वडा अध्यक्ष तिर्थराज अधिकारीले क्लबले कार्य योजना वनाएर प्रक्रियागत रुपमा ल्याएका कुनै पनि विकासका कार्यहरुलाई आफ्नो तर्फबाट छिटोभन्दा छिटो अगाडि वढाउने वताए । उनले ड्याम साईड क्लब फुटबल खेलले चिर परिचित भएको वताउँदै उक्त क्षेत्रमा फुटबल मैदान वनाउनु पर्नेमा आफु सकरात्मक रहेको वताए ।

पश्चिमाञ्चल होटल संघका अध्यक्ष बिकल तुलाचन, नागरिक अभियान्ता रामबहादुर पौडेल क्षेत्री, पर्यटन ब्यबसायी बच्चुराम तिवारी, पर्यटन ब्यबसायी गणेश भट्टराई, प्याब्सन कास्की पुर्व अध्यक्ष चिनु रानाभाट, क्लबका संस्थापक अध्यक्ष राजेन्द्र तामाङ, कास्की जिल्ला फुटबल संघका अध्यक्ष मिलन गुरुङ, समाजसेवी प्रेमबहादुर श्रेष्ठ, सिद्धार्थ राजमार्ग टोल बिकास संस्थाकी अध्यक्ष आत्मा तुलाचन लगाएतले पर्यटन, खेलकुद र ड्यामसाईडको सम्बन्ध नङ र मासुको जस्तो भए पनि स्थानिय वासिन्दा वेलैमा जागरुक नहुँदा सोचे जस्तो विकास हुन नसकेको वताएका थिए ।

क्लबका अध्यक्ष पदमबहादुर ढकालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष रमेशप्रसाद बरालले र संचालन महासचिव किर्तिबल्लभ त्रिपाठीले गरेका थिए ।

नयाँ कार्यसमितिको पदास्थापन तथा संस्थापकलाई कदरपत्र

ड्याम साईड क्लबको नयाँ कार्यसमितिको पदास्थापन गरिएको छ । क्लबको १४ आंै साधारण सभा तथा ११ आंै अधिवेसनबाट चयन भएका अध्यक्ष पदमबहादुर ढकाल, वरिष्ठ उपाध्यक्ष प्रताप गुरुङ, उपाध्यक्ष रमेशप्रसाद वराल, महासचिव किर्तिवल्लभ त्रिपाठी, सचिव पुजन थकाली, कोषाध्यक्ष राकेश श्रेष्ठ र सदस्यहरु नितिन शेरचन (किरण), गोपाल परियार, यदुनाथ बराल (प्रदिप), सफल थापा, कुश थापा। विशाल थापा मगर र शैलेन्द्र माझी लाई प्रमाणपत्र प्रदान गरी पदास्थापन गरिएको थियो ।

साथै सोही अवसरमा क्लबका सल्लाहकारहरु हरिप्रसाद गुरुङ, कल्पना श्रेष्ठ, केशवराज वराल, राजु सापकोटा र कर्णबहादुर गुरुङलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।

क्लबका संस्थापक अध्यक्ष राजेन्द्र तामाङ, उपाध्यक्ष अर्जुनकुमार श्रेष्ठ, सचिव प्रेम परियार, कोषाध्यक्ष गोकुल सापकोटा, सहसचिव लक्ष्मी भट्टराई, सदस्यहरु राजु गुरुङ, वसन्त गौचन, सुरेश रानाभाट, विनोद परियार, मञ्जु केसी र प्रविन्द्र थापा (प्रविन)लाई कदरपत्र द्धारा सम्मान गरिएको थियो ।