वादल हत्या काण्डमा संलग्न ६ जनालाई जन्मकैद


पोखरा –  नेपाली कांग्रेसका नेता  रामजी पौडेल “वादल” हत्या काण्डमा संलग्न ६ जनालाई कास्की जिल्ला अदालतले आईतवार जन्मकैदको सजाय सुनाएको छ । कास्की जिल्ला अदालतका माननीय जिल्ला न्यायाधीश श्री उमेस प्रसाद लुईटेलको इजलासवाट भएको फैसला अनुसार जन्मकैद सजाय पाउनेमा साविक लेखनाथ नगरपालिका वडा नं १२का तरुण दलका उपाध्यक्ष राउटे भन्ने विश्वास गौतम र उनका साथीहरु विभिन्न ठाउं वस्ने राजु रानाभाट, प्रकाश गुरुङ, वले भन्ने अशोक गुरुङ, रविन के.सि., र सन्दीप गुरुङ रहेका छन ।

सो हत्याकाण्ड घटाउने मुख्य अभियुक्त राउटे भन्ने विश्वास गौतम समेतका सातजनालाई अभियोग मागदावी वमोजिम जन्म कैद र निजहरुलाई घटना पछि भगाउन लुकाउन सहयोग गर्ने भरत पौडेल समेतलाई एक वर्ष कैद सजाय हुने गरी आईतवार कास्की जिल्ला अदालतले उक्त फैसला सुनाएको हो ।

सुनवल निवासी भरत पौडेल र लालवहादुर सेन ठकुरी, रुपन्देही वेलहिया निवासी वीरेन्द्रकुमार रानामगर, गैडाकोट निवासी मिनवहादुर घले, तनहुं दुलेगौंडा निवासी चन्द्रवहादुर थापा समेतलाई १ वर्ष कैद सजाय गर्ने गरी फैसला भयो ।

वादलको हत्या भएको दुई वर्ष दस महिना वित्दा समेत प्रहरीले हत्यामा संलग्न मुख्य अभियुक्त मध्यका एक लेखनाथ निवासी व्रजेस गुरुङलाई भने प्रहरीले अझै पनी पक्राउ गर्न सकेको छैन् । हालसम्म उनी फरार रहेका छन् ।

नेता स्वर्गीय वादलको पक्षमा जिल्ला न्यायाधिवक्ता अर्जुन कोईराला र अधिवक्ताद्वय कमल प्रसाद अर्याल र ठाकुर प्रसाद वरालले वहस गर्नुभएको थियो भने प्रतिवादीहरुका तर्फवाट वरिष्ठ अधिवक्ता कृष्ण सापकोटा, कृष्णवहादुर गुरुङ·, कृष्णवहादुर थापा लगायत करिव २०÷२२ जना अधिवक्ताहरुले वहस गरेका थिए ।

वि.सं. २०७२ साल साउन २८ गते राती कांग्रेसका कार्यकर्ताद्वारा आफ्नै पार्टीका नेता वादलको हत्या गरेका थिए । हत्या पछि मृतक पौडेलका दाजु राममणी पौडेलले जिल्ला प्रहरी कार्यालयमा दिएको किटानी जाहेरी दिएका थिए ।