बालबालिका माथि कुनैबाट पनि दृव्र्यवहार हुन सक्छ –प्रजिअ अधिकारी


पोखरा – बालअधिकारको प्रचार प्रशार प्रवद्र्धन र बाल संरक्षणमा सरोकारवाला निकाय बढी जिम्वेवार हुन पर्ने एक कार्यक्रमा सहभागीहरुले उठाएका छन् ।

बाल संरक्षणका तथा घटना व्यवस्थापन सम्वन्धी ३ दिने तालिमको उद्घाट सत्रमा प्रमुख अतिथीको रुपमा बोल्दै प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले बालबालिका माथि कुनै बाट पनि दुव्र्यवहार हुन सक्ने हुँदा सबै सचेत हुनजोड दिदै बालअधिकारको नाममा सांस्कृति कमुल्य र मान्यता खलल नपुराई संरक्षण गर्न सरोकारवाला निकायलाई समेत आग्रह गरेका छन् । बालबालिकाको क्षेत्र अति संवेदनशील क्षेत्र भएको जनाउदै विभिन्न बहानामा बालबालिका जोखिममा परेको बताउनु भयो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख ओम बहादुर रानाले बालबालिकाको क्षेत्रमा जुन सुकै अपराध हुन गएमा त्यस्ता अपराधिलाई नियन्त्रणमा लिन कास्की प्रहरी सक्षम रहेको भन्दै बालबालिकाको सवालमा कुनै संग संझौतान गर्ने बताउनु भयो ।

गैर सरकारी संस्था महासंघ, कास्की शाखाका अध्यक्ष पदम पहारीले बाल अधिकार सबैको सरोकारको विषय भएको हुँदा गैर सरकाी संस्था बालबालिका प्रति अत्यन्तै संवेदनशील रहेको बताउनु भयो । पोखरा लेखनाथ महानगरपालिका न्यायिक समितिका सदस्य किशोर बरालले महानगरपालिका बालबालिकाको संरक्षणमा जिम्वेवारी भएको बताउदै न्यायिक समितिमा रहेर बाल बालिकाको संरक्षणमा सधै लागि पर्ने बताउनु भयो ।

प्रमुख महिला विकास अधिकृत एवं बाल कल्याण अधिकारी तुलसा अर्यालको अध्यक्षतामा भएको उक्त कार्यक्रमा आप्mानो धारण राख्दै बालबालिकाको संरक्षणको अधिकार अब बन्ने ऐन कानूनमा पूर्ण प्रत्याभूति गर्ने पहल गर्ने बताउनु भयो । अनाथ बालबालिका, अलपत्र अवस्थामा फेला परेका, बाबुआमाबाट अलग्गिएका वा बाबुआमा पत्ता नलागी बेवारिस अवस्थाका बालबालिकाको संरक्षणमा घटना व्यवस्थापनको प्रकृयाबाट जान सहभागीलाई अनुरोध गर्नुभयो भने उक्त कार्यक्रमको संचालन बाल अधिकार श्रोत व्यक्ति बद्रीप्रसाद वाग्लेले गर्नुभएको थियो ।

३ दिन सम्म चल्ले उक्त तालिममा विभिन्न क्षेत्रका ४० जनाको उपस्थिती रहेको छ भने प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरिक्षक, प्रमुख महिला विकास अधिकृत, बाल अधिकार श्रोत व्यक्ति लगायतले सहजिकरण गर्ने वाग्लेले बताए ।