मणिपाल शिक्षण अस्पतालका ४ जना कर्मचारी निष्कासित


पोखरा – पोखराको मणिपाल शिक्षण अस्पतालले ४ जना कर्मचारीलाई निष्कासन गरेको छ । कर्मचारीले फर्मेसिमा व्यापार गरेको र संस्थाको गोप्यनियता भंग गरेको आरोपमा उनीहरूलाइ निष्कासन  गरिएकाे हाे ।

यसरी निष्कासनमा पर्ने कर्मचारीमा रमेश बोहरा, निलकण्ठ भट्टराई, टेकबहादुर विक र अल्पना ठाकुर रहेकाछन।

वोहरा मणिपाल शिक्षण अस्पतालका कर्मचारी सघर्ष समिति तथा कर्मचारी तर्फका वार्ता टोलीका संयोजक हुन । बोहरा र विक फार्मेसिष्ट पदमा कार्यरत कर्मचारी थिए भने भट्टराई ओरेन्टेसन र ठाकुर एकाउन्टेन पदमा कार्यरत थिए । उनी सहितका ४ जनाले आफ्ना नातेदार सहितको नामबाट फार्मेसी संचालन गरी अस्पतालमा आवश्यक पर्ने अधिकांश औषधी चर्काे मुल्यमा अस्पतालको फार्मेसिमा सप्लाई गरेको अस्पतालको आरोप छ ।

अस्पतालमा सिण्डकेट र कार्टेलिङ गरी चर्को मुल्यमा औषधी सप्लाई गरेको अस्पताल श्रोतको दाबी छ । कर्मचारीका आफन्तसंग सम्बन्धित एनआरटि सर्जिकल र एनआरटि मेडिसेल्स नामबाट विगत ८ बर्ष देखि अस्पतालमा खरिद हुने ठुलो मरिमाणको औषधी सप्लाई हुदै आएको अस्पातालका प्रशासक भानु भारद्धाजले बताए ।

केहि महिनाको अध्ययन प्रतिवेदनको आधारमा कर्मचारीहरुले संस्थाको हित विपरित जनतालाई ठग्ने गरी फार्मेसिमा औषधी सप्लाई गरेको पुष्टि भएको आधामा आफुहरुले बाध्य भएर वोहरा सहितका ४ कर्मचारीलाई निष्कासन गरेको प्रशासक भारद्धाजले बताए ।

अस्पतालका निर्देशक डा. विजय सिंहेले जिल्ला प्रशासन कार्यालयको बैठकमा कर्मचारी वोहराले संस्थाको गोप्य सुचनाहरु सार्वजनिक गरेको आरोप लगाए । संस्थाको हित विपरित काम गर्ने व्यक्तिहरुलाई कुनै राजनितीक दल तथा प्रशासन र टे«ड युनियनको दवावमा निष्कासन भएका कर्मचारीलाई आफुहरुले पुनः राख्न नसक्ने र नराख्ने उनले दाबी गरे ।

विभिन्न औषधी कम्पनीहरु मध्य आफुनै कर्मचारीहरुसंग सम्बन्धित भएका औषधी कम्पनिले नै अन्य कम्पनि भन्दा महङगोमा औषधि विक्रि वितरण गरी जनता ठग्ने काम भएको निर्देशक सिंहेले दाबी गरे । केही नेपाली कर्मचारीले निष्कासन भएका कर्मचारीलाई पुनर्रवहाली सहित ५ बुंदे माग पुरा गर्नु पर्ने अन्यथा आन्दोलन गर्ने चेतावनी दिई राख्दा अस्पताल प्रशासनले स्वास्थ्य सेवा जस्तो सम्बेदन शिल क्षेत्रमा कुनै निहुँमा सेवा प्रभावित नपार्न आग्रह गरेको छ ।

कर्मचारी निष्कासन गरेको बिरोधमा अखिल नेपाल स्वास्थ्य श्रमिक संघ मणिपाल, नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियन मणिपाल र मणिपाल स्वतन्त्र कर्मचारी युनियनले आज मंगलबार संयुक्त रुपमा पोखरामा पत्रकार सम्मेलन गरी आफ्ना कर्मचारीको पुनर्रवहाली सहितको ५ बुंदे माग पुरा नभएसम्म इमर्जेन्सि बाहेकका सवै सेवा ठप्प पार्न चेतावनी दिएका छन।

मणिपाल व्याबस्थापनको कर्मचारी माथि गरेको ज्यादतीको बिषयमा ननटिचिङ नेपाली कर्मचारीहरु आन्दोलनमा रहेको एक कर्मचारी विरेन्द्रकुमार यादवले बताए । निष्कासमा परेका कर्मचारी वोहराले भने यदि अस्पतालमा आफुले भ्रष्टचार गरेको पुष्टि गरे आफुले राजिनामा दिन तयार रहेको जनाए ।

नेपाली र भारतिय कर्मचारी बिच ठुलो बिभेद रहेको अस्पतालले भूकम्पबाट आएको रकम समेत सार्वजनिक नगरेको वोहराले आरोप लगाए । कर्मचारीलाई महङगी भक्ता सहितको सेवा सुविधा दिनु पर्र्छ भन्ने कर्मचारीका नेतालाई नै निष्कासन गरेर अन्य कर्मचारीलाई त्रसित पार्न खोजेको उनको भनाईछ । नेपालको संविधान विपरित आफुहरुलाई अस्पताल प्रशासनले निष्कासन गरेको वोहराले जनाए ।