पर्यटक मैत्री नितिको आवश्यकता


कृष्ण क्षेत्री

पोखरा, प्राकृतिक सुन्दरताका हिसावले नेपाल संसारका प्रख्यात छ । प्रख्यात हुनुका मुख्य कारणहरू यहा“कोप्राकृतिक सुन्दरता नै प्रमुख हो ।

प्राकृतिक सुनदरता स“गै नेपालीहरूको मिजासिलोपन र आतिथ्य सत्कार सहायक विषय हो । सा“झको पाहूना “देवता” समान भन्ने चलन अहिले सम्म नेपालका दूरदराजका गाउ“मा जीवितै छ भन्ने शहरमा पनि मरिसकेको छैन । नेपालीको सरल, सहज र साहषिक आतिथ्यता कारण नै वर्षेनी नेपाल र नेपालीको रहन–सहन अध्यायन गर्नकै लागि वर्षेनी हजारौं पर्यटक नेपाल भित्रिने गर्दछन् ।

अरु कुनै उद्योगधन्दा, कलकारखाना भन्दा पर्यटन व्यवसायलाई दीगो र भरपर्दो उद्योग व्यवसाय मान्न थालिएको छ । एक पटकको लगानीमा वर्षौ सम्म आतिथ्यता बेच्न मिल्नेयो व्यवसायलाई प्रकृतिले नै नेपालको पोल्टामा पारिदिएको छ । संसारका उच्चतम हिमालय–पर्वत शृङ्खला देखि यहा“को भू–वनावट नै पर्यटकका आकर्षणका केन्द्र बनेका छन् । सिङ्गो पृथ्वीमा पाइने जति सम्पूर्ण भू–वनावटको समिश्रण हो भन्दा पनि फरक नपर्ने गरी बनेको नेपालको भू–वनोट हिमाल, पहाड, तराई, वन–जङ्गल, नदीनाला, ताल–तलैया, चारैतिर पर्यटकीय संभावनाहरू छताछुल्ल छरिएर रहेकाछन् हामीले त्यसलाई संहाल्न सकिरहेका छैनौं ।

नेपालको धार्मिक र जातीय सहिष्णुता ग्रामीण जीवन जिउने कला पनि पर्यटकीय आकर्षणका केन्द्र बनेका छन् । हाम्रो जीवनशैली सबैलाई लोभ्याउने र जिस्काउने जे–जस्तो खालको भए पनि नेपाल पर्यकीय संभावनाको खानी हो । तर कस्तुरी मृगले आनो गन्ध थाहा पाएर पनि वास्नाको खोजीमा भौतारिए जस्तै हामी पनि भौतारिएका छौं । ‘माल पाएर चाल नपाएको’ भनेजस्तै भएको छ यतीबेला हाम्रो पर्यटन व्यवसाय ।

अन्तर्राष्ट्रिय स्तरमा व्यापक प्रचार प्रसार नभए पनि संसारका घुम्नै पर्ने स्थानमा नेपालको नाम कहिल्यै छुट्दैन । यो हाम्रो लागि गौरव र वर्गको विषय हो । आफुस“ग रहेको असीमित स्रोतलाई सदुपयोग गर्न नसक्नु नै पर्यटन क्षेत्रको विकास नहुनुको मुख्य कारण हो । त्यस्तै अर्को तर्फ सीमित साधनलाई सही सदुपयोग हुन नसक्दा दुरूपयोग हु“दै जानु यसको अर्को प्रमुख कारण हो । पर्यटन क्षेत्रलाई सरकारले उद्योगको दर्जा दिए पनि उचित वातावरण दिन नसक्नु तेस्रो कारण हो । पर्यटन क्षेत्रलाई नै लूटको पेशा बनाउन खोज्नु चौथो कारण हो, जसल गर्दा नेपालमा पर्यटन व्यवसाय खस्किदो अवस्थामा छ ।

पर्यटकको बसाइ लम्ब्याउने खालका न कुनै पूर्वाधार तयार छन् न भएका संरचना र धरोहरको पनि हामीले मर्मत सम्भार र जगेर्ना गरेका छौं ।

वर्षौदेखि फेवाताल देखाएर पर्यटन व्यापार गर्ने एउटा तहर तप्का फेवाताल मास्न र मापदण्ड मिच्नमा नै उदृत छ । यही गतिमा फेवातालको मापदण्ड मिचिदै जाने र माथिबाट बाढीले लेदो बगाउ“दै ल्याउने क्रम नरोकिने हो भने फेवातालको आयु ७५ देखि १०० वर्षसम्म रहेको कुरा विज्ञहरू बताउ“छन् र विभिन्न अध्ययन प्रतिवेदनले समेत पुष्टि गरिसकेका छन् ।

नेपालको पर्यटन क्षेत्र एकदमै नाफामुखी भएको देखिन्छ, लगानीको प्रतिफल मात्र हैन सम्पूर्ण लगानी नै २÷४ वर्षमा उठोस् भन्ने चाहना व्यवसायीमा रहेको पाइन्छ । लगानी अनुसारको नाफा चाहिन्छ तर कोही कसैलाई वाध्य बनाएर नाफा कमाउनु किमार्थ राम्रो काम होइन यसले तत्काल फाइदा देखिए पनि दीर्घकालमा पक्कै पनि वेफाइदा निम्त्याउने छ ।

केही समय अगाडि अन्नपूर्ण पदमार्गमा पर्ने कठीन पहाडी बाटोमा होटल संचालन गरीबस्ने होटलमालिक्नीले दुई जना विदेशी पर्यटकलाई चिर्पटे दाउरा बोकेर भीरको बाटो लखेटेको मोवाइल रेकर्डिङ भिडियो अहिले विदेशमा भाइरल भएको छ । सामान्य कालो चियाको मूल्यलाई लिएर उठेको सामान्य विषयको लागि हातमा चिर्पट दाउरा बोक्दै पाहूनालाई भीरको बाटो लखेट्दै र माथिबाट ढुङ्गा वर्साउ“दै लखेट्नु कहा“सम्मको नीच र निकृष्ट कार्य हो ? भन्ने कुरा जो कोहीले सजिलै अनुमान लगाउन सक्छ । पटक–पटक क्षमा याचना गरिरह“दा पनि आनो छोरालाई जोगाउन ति विदेशी महिलाले होटलवालीस“ग धेरै पटक रोएर माफि मागेको दृश्यले सृजना गर्ने एउटा कारुणिक दृश्यको वातावरण र गुहार नपाउ“दा विदेशीले भोग्नु परेको पीडाको महसुस गर्न सकिन्छ । तर पीडा भोग्नेलाई मात्रै थाहा हुन्छ, अवस्था कस्तो थियो होला?

संसार प्रसिद्ध पदमार्गमा बढ्दो बेइमानी, भ«ष्टाचार र पैसाको लागि दादागिरी देखाउने चलनको अन्त्य कहिले होला ? जे कुराको पनि सीमा हुन्छ । खानेकुरामा मनलाग्दी दरभाउ राखेर लुट्ने काम भइरहनु र सम्बन्धित सरोकारवाला निकाय र पेशागत संगठनको पनि अनुगमन र ध्यान आकर्षण नहुनु पनि अर्को शङ्ककाको विषय बनेको छ ।

कहिले होटलवालाको चिर्पट आक्रमण त कहिले यातायात व्यवसायीको नाममा बिच बाटोमा यात्रु ओरालेर दुःख दिनु सामान्य हो वा असामान्य यसको दीर्घकालिन असर के पर्छ त्यस तर्फ पनि ध्यान जानु जरुरी छ ।

संसारका ठूला र विकसित राष्ट्रहरूले समेत आनो औद्योगिक विकास स“गै पर्यटन क्षेत्रको विकासका लागि ठूला–ठूला लगानी र योजनाहरू अगाडि सारेका छन् । पर्यटक लोभ्याउनकै लागि विभिन्न स्किम र कार्यक्रम बनाएका छन्, नया“ र नौला भौतिक संरचना निर्माण गरेकाछन् । देख्दै आश्चर्य लाग्ने खालका संरचना हेर्न संसारभरका पर्यटक विदा मनाउन त्यस ठाउ“हरूमा घुम्न पुग्छन् । सस्तो, शुलभ, विश्वासिलो र सुरक्षित गन्तव्य बनाउन राज्य नै लागेको छ र व्यापार व्यवसाय फस्टाएका छन् । ठूला ठूला अर्थतन्त्र हुने कतिपय देशहरू पर्यटन व्यवासयमा नै निर्भर छन् ।

पहिले अन्नपूर्ण पदमार्गमा नेपालीलाई सजिलै वास पाउन गाह्रो थियो र केही समय अगाडि पदयात्रा गर्नेहरू आना अनुभव सुनाउ“छन् । नेपालीलाई दोस्रो दर्जाको ग्राहकको रूपमा स्थानीय होटलवालाहरूले गर्ने व्यवहार अति नै दुःख लाग्दो अवस्थाको थियो । अन्नपूर्ण पदयात्रा गर्न नेपालीहरू गोठ र धन्सारमा रात विताएका थुप्रै उदाहरणहरू जीवित नै पाइन्छन्, तर समय क्रमस“गै त्यो अवस्था फेरिएको छ । नेपालीको अर्थिक अवस्था माथि उठेको छ र नेपालीले पनि पर्यटनको क्षेत्रमा पर्यटकको दर्जा पाउन थालेका छन् । तर विभिन्न कमाउ वहानामा नेपालीले पदयात्रीले दुःख पाउन भने छाडेका छैनन् । कहिले स्थानीय यातायात व्यवसायीको गाडी सेण्डिगे्रट त कहिले होटलवालाहरूको दुव्र्यवहार अझै जारी छ । शिष्टता र हस्पिटालिटीको गुणस्तर समान छैन भन्छन् पदयत्राबाट फर्कनेहरू । विदेशी पाए समम र विदेशी आए सम्म नेपालीले अझै पनि ठाउ“ पाउ“दैनन् । नेपालको पर्यटन क्षेत्रले सिक्न नसकेको कुरा समान पैसा तिरेपछि पाउनु पर्ने सेवा र सत्कारमा किन फरक ? पैसा लिएर सेवा दिने क्षेत्रमा किन यस प्रकारको भेदभाव ?

सकेसम्म सस्तो र राम्रो सेवा प्रदान गरेर धेरै भन्दा धेरै पर्यटक भिœयाउनु, आतिथ्यताबाट प्रभावित भएका पर्यटकले अरुलाई समेत घुम्न जान सिफारिस गर्नु नै सबैभन्दा ठूलो कुरा रहन्छ र पर्यटन व्यवसायीले त्यो स्तरको अवस्था सृजना गर्न सक्नु पर्छ । नत्र वैदेशिक रोजगार वाहेक पर्यटनमा अडेको अर्थतन्त्र एक दिन धरासायी हुनेमा कुनै शङ्का छैन ।

म दशैं विदामा नेपालकै केही भाग घुम्ने योजना बनाउ“दै थिएं त्यहीबेला मेरा एक जना विदेशी साथी इलभष्लिभ मा देखिए मैले साान्य संवाद अगाडि बढाए“ । मैले यो दशैंको बेला बच्चाबच्चीको पनि विदा भएको समयमा नेपालकै कुनै पहाडी क्षेत्रको भ्रमणमा निस्कने योजना सुनाए“ साथीले जवाफमा लेखे… “तिम्रो देश भन्दा अरु देश एकदमै सस्तो छ घुम्नलाई किन तिमी त्यता ट्राइ गर्दैनौं” भन्ने सल्लाह दिए ।

म झसङ्ग भए“, नेपाल भन्दा कसरी सस्तो पर्छ विदेश यात्रा ?

जवाफमा उनले भने, सस्तो पर्छ, एकदमै सस्तो पर्छ मैले भोगेको छु त्यसभन्दा नेपाल महङ्गो छ ।

कसरी ? मैले जवाफ मांगे । उत्तरमा उनले भने, हेर काठमाडौं–देल्ली–काठमाडौं भाडा कति ? सरदर १४,००० नेपाली । काठमाडौं–ढाका–काठमाडौं भाडा कति ? सरदर १९,००० नेपाली अनि काठमाडौं–पोखरा–काठमाडौं कति ? २५,००० नेपाली अब तिमी नै भन तिम्रो देश सस्तो कि विदेश घुम्न ?

मलाई उनको कुरा पत्यार लागेन र तत्कालै २/४ वटा ट्राभल्समा फोन गरें नेपालीलाई सरदर ४६०० रूपैयां पर्ने काठमाडौं–पोखरा–काठमाडौं भाडा विदेशीलाई USD 121×2 रहेछ । १२१×२=२४२×१०३=२४९२६ पर्दो रहेछ । यस्तो भाडादरमा विदेशीहरू कसरी आकर्षित हुन सक्छन् नेपालमा ? घुम्न र विदा मनाउनु भनेको वर्षभरि काम गरेर पैसाको केही अंश बचाएर केही दिन रमाइलो गर्न निस्कनु हो । घुम्न जाने भन्दैमा कसैले पनि अनावश्यक पैसा खर्च गर्दैन । थोरै खर्चमा बढी भन्दा बढी सन्तुष्टी, मनोरञजन सेवा–सत्कार र आतिथ्यताको चाहना राख्नु मानवीय स्वभाव नै हो ।

तेस्रो राष्ट्र जाने भन्दा धेरै भाडा भएकै कारण कतिपय पर्यटक पोखरा–काठमाडौं–पोखरा रुटमा हवाइजहाजको प्रयोग गर्न चाह“दैनन् भने विदेशी उडाएर बढी नाफा कमाउने लालचमा एयरलायन्स कम्पनीहरू नेपालीलाई अन्तिम अवस्था सम्म पनि सिट उपलव्ध गराउ“दैनन् । परिणाम यस्तो हुन्छ, न बाहिरी विदेशी पर्यटकले टिकट लिन्छन् न नेपाली यात्रुले टिकट पाउ“छन् अन्तिममा २/४ जना ७/८ जना यात्रु बोकेर जहाज उड्न वाध्य छन् । यसबाट राज्य र एयरलायन्स कम्पनी दुवै घाटामा छन् ।

पर्यटकीय होटल र रेष्टुरेण्टको अवस्था र मेनु पनि त्यस्तै छ, कही कतै एकरूपता छैन । जे जे मन लाग्यो त्यस्तै दरभाउ छ । कतैबाट अनुगमन नियन्त्रण निरीक्षण छैन । स्वदेशी पहिचान हराउदै गएको छ । हामी विदेशीको नक्कल गर्ने वहानामा अपाङ्ग भइरेका छौं ।

हाम्रो पर्यटकीय बजारमा दूध भन्दा महङ्गोमा पानी बेच्छौं । तर स्थानीय उत्पादनलाई महŒव दि“दैनौं । गुणस्तरको ख्याल गर्दैनौं । एउटा पर्यटक के चाहन्छ भन्दा पनि हामीस“ग जे छ त्यही लाद्न खोज्छौं ।

अर्को कुरा एउटै प्रकृतिको खाना र वस्तुलाई पसल र होटल हेरी फरक–फरक मूल्य अर्को समस्या हो । त्यही एउटै वस्तु ठाउ“ अनुसार मूल्य मात्रै फरक छैन । मानिस र राष्ट्रियता अनुसार पनि फरक फरक मूल्य अर्को प्रमुख समस्या हो, समस्या बनेको छ ।

नेपालमा पर्यटन क्षेत्रको साँचीकै विकास गर्ने हो भने हामीले धेरै कुरा सच्याउनै पर्छ, हामी सुधारिनै पर्छ । यो आजको आवश्यकता हो होइन भने नेपालमा भएको धेरथोर पर्यटकीय विकासका ढोकाहरू स्वतः बन्द भएर जाने छन् र हामीस“ग पछुताउनुको विकल्प बाहेक केही रहने छै्रन ।

तपाईको प्रतिक्रिया