कोपनहेगनमा नेपालको पर्यटन प्रबर्द्धन हुदै


  • महेशकुमार खाती, कोपनहेगन

नेपालमा पर्यटक भित्र्याउनको लागि डेनमार्कको कोपनहेगनमा पर्यटन प्रबर्द्धन कार्यक्रम गरिने भएको छ । अन्तराष्ट्रिय भेषाक / बुद्ध जयन्ती, गणतन्त्र दिवस र सगरमाथा आरोहण दिवसको अबसरमा मे २९ का दिन नेपाली सस्कृति कला तथा भेषभुषा झल्किने खालको सास्कृतिक कार्यक्रम गरिन लागेको हो । नेपाली राजदुताबास डेनमार्क तथा यहाँ क्रियाशिल संघसंस्थाको आयोजनामा कार्यक्रम हुन लागेको हो ।

कोपनहेगन सहरको मुख्य क्षेत्रमा हुने सास्कृतिक कार्यक्रम मार्फत प्राकृतिक तथा सस्कृतिमा धनी नेपाल घुम्न जान बिदेशीलाइ अनुरोध गरिने छ । डेनमार्कका लागि नेपाली राजदुत युवनाथ लम्सालले अन्तराष्ट्रिय भेषाक/ बुद्ध जयन्ती, गणतन्त्र दिवस र सगरमाथा आरोहण दिवसको अबसरमा नेपाल प्रबर्द्धन कार्यक्रम गरिन लागेको बताए । डेनमार्कबासी नेपालीहरु सस्कृति झल्कने भेषभुषामा उपस्थित हुने कार्यक्रममा विभिन्न झाँकि, पन्चेबाजा, लाखे नाच, प्रदशनि तथा सस्कृति झल्कने गित नृत्य प्रस्तुत हुने छन ।

नेपाली सहित विदेशीहरुको पनि बाक्लो उपस्थिति रहने आयोजकको विश्वास छ । नेपाली राजदुताबास डेनमार्क सहित गैर आवाशिय नेपाली संघ डेनमार्क, नेपाल पर्यटन बोर्ड, प्रवासी नेपाली मञ्च डेनमार्क, नेपाली जनसम्पर्क समिति डेनमार्क, नेपाली जनप्रगतिशील मञ्च डेनमार्क, इनास डेनमार्क, विबेकशील साझा सद्भाव समुह, नेपाल म्युजिक फेस्टिभल, क्रियटिभ नेप्लिज ओमन, मगर समाज, गुरुङ समाज, तामाङ समाज, किरात समाज लगायतका सघसंस्थाको आयोजनामा कार्यक्रम हुन लागेको हो ।

नेपालमा धेरै भन्दा धेरै पर्यटक घुम्न जाउन भन्ने उद्देश्यले यो कार्यक्रम गरिन लागेको नेपाली राजदुताबासका मिनिस्टर काउन्सिल डोरनाथ अर्यालले जानकारी दिए । उनले भने, ‘कार्यक्रममा नेपाली सस्कृति झल्किने भेषभुषा सहित सहभागि हुनेछौं जसले बिदेशीलाइ आकर्षण गर्ने विश्वास लिएका छौं ।’ अर्यालले यो कार्यक्रम हरेक बर्ष आयोजना गरिने जानकारी दिए । गैर आवाशिय नेपाली संघ डेनमार्कका अध्यक्ष यामलाल सुवेदीले कोपनहेगनमा हुन लागेको फरक किसिमको कार्यक्रमलाइ सफल पार्न जुटिरहेको जानकारि दिए । सास्कृतिक कार्यक्रम संयोजन गर्न इनास गोल्बल प्रतिनिधी राजमान तामाङलाई जिम्मा दिइएको छ ।

  • कार्यक्रम बिस्तृतमा :-
  • मिति – २९ मे २०१८
  • समय – दिउसो ४ बजे
  • स्थान – Nytrov 1 F, 1450.København