हृदयघातका कारण फ्रान्समा २८ बर्षिय नेपाली युवकको मृत्यु  


मृतक रुद्र बहादुर पुन

बार्सिलोना/ हृदयघातका कारण फ्रान्समा २८ बर्षिय एक नेपाली युवकको अल्पायुमा नै मृत्यु भएको छ। पेरिसमा बस्दै आएका रुद्र बहादुर पुनको सोमबार हृदयघातका कारण मृत्यु भएको हो। उनि मगर समाज फ्रान्सका सदस्य समेत थिए।

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद फ्रान्सका अनुसार पुनलाई मेट्रोभित्र यात्रा गर्दै गर्दा ह्दयघात भएको थियो। अस्पतालमा उपचारकै क्रममा उनको सोमबार निधन भएको संघले जनाएको छ।

एनआरएनए फ्रान्सका अध्यक्ष एक बहादुर मल्लद्वारा जारी सुचना अनुसार मृतकको शव ब्यबस्थापनका लागि आफन्तसँग सम्पर्क गरी संघसंस्थाहरुबीच संयुक्त बैठकको आह्ववान समेत गरिएको छ।