बर्लिन कार्निभलमा नेपाल


बर्लिन/ जर्मनिको राजधानी बर्लिनमा शनिबार सम्पन्न कार्निभल सडक महोत्सवमा नेपालले पनि सहभागिता जनाएको छ। सन् २०११ देखि निरन्तर सहभागिता जनाउँदै आएको नेपालले यसपटक पनि सहभागिता जनाएको हो। कार्यक्रममा सहभागिताका लागि नेपाली बिद्यार्थी समाज बर्लिन(NSSG), नेपाली राजदूतावास बर्लिनको संयोजकत्व तथा एनआरएनए जर्मनिको सहकार्य रह्यो।

बिश्वका करिब ६८ देशका चार हजार कलाकारहरुले आ-आफ्नो देशको साँस्कृतिक झाँकी प्रदर्शन गर्दा नेपाली भेषभूसा सहित चन्द्र सुर्य अंकित झण्डा पनि फर्फराईयो। उत्त महोत्सवलाई प्रत्यक्ष र टेलिभिजन मार्फत गरी करौडौ दर्शकहरुले हेरेको अनुमान छ। नेपालको कला,सँस्कृती र परम्परालाई जगेर्ना गर्ने तथा सो मार्फत बिदेशी पर्यटकलाई नेपाल भ्रमणको लागी आकर्षित गर्दै नेपालको पर्यटन बिकासलाई प्रबर्धन गर्ने उदेश्यका साथ सहभागी बनेको नेपाली टोलिले जनाएको छ।महोत्सवमा नेपालका बिभिन्न जातजातिका साथै धार्मिक झाँकिहरु पनि प्रदर्शन गरिएको थियो।

नेपाली बिधार्थी समाज जर्मनिका संयोजक अशोक तिमील्सिनाको नेतृत्वमा सहभागी नेपाली टोलिमा बर्लिनवासी नेपाली तथा जर्मनिका अन्य शहरहरुबाट साथै युरोपका अन्य देशहरुबाट पनि नेपालीहरुको सहभागिता रह्यो। महोत्सवमा जर्मनिका लागी नेपाली राजदूत रमेशप्रसाद खनाल,बर्लिन निवासी डा. प्रजल प्रधान,गैर आवसिय नेपाली संघ जर्मनिका उपाध्यक्ष मिलनराज पन्त,सचिव राजेश सुनार, डा. महेश्वर रुपाखेति, ई. दिपक प्रसाइ ,नेपाल पर्यटन बोर्डका सदस्य कृष्ण बहादुर महरा,जर्मनिका लागी पर्यटन दूत सन्तोश कुमार भट्टराई लगायत नेपाली समुदायको सहभागिता रहेको थियो।