कास्की प्रहरीद्धारा एक हप्तामा ६७ वटा ट्याक्सीलाई कार्वाही


पोखरा –  पोखरा नगर क्षेत्रमा संचालित भाडाका ट्याक्सी मिटरमा जान नपाने पछि एक पछि अर्को कार्वाहीमा पर्ने थालेका छन् ।

कास्की प्रहरीले ६७ वटा ट्याक्सीलाई एक हप्तामा कार्वाही गरको छ । ट्याक्सीले सर्वसाधरण यात्रुसँग भाडामा जान नमानी बार्गेनिङ गर्ने, सम्बन्धित स्थानमा जान नमान्नेहरुलाई नियन्त्रणमा लिई कारवाही गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

मिटरमा जान नमानको २४ वटा भाडाका ट्याक्सीलाई जिल्ला प्रहरी कार्यालय कास्की र मातहत ईकाईबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

ट्याक्सीलाई कार्वाहीका लागि यातायात कार्यालय पठाएको जनाएको छ । कास्की नयाँ एसपि ओमबहादुर राना आएपछि ६७ वटा ट्याक्सी कारवाहीमा परेका छन् ।