रियलले ईतिहास रच्यो, च्याम्पियन्स लिग उपाधिमा हृयाट्रिक


ग्यारेथ बेलको उत्कृष्ट प्रदर्शनसँगै रियल मड्रिडले च्याम्पियन्स लिगको उपाधिमा हृयाट्रिक गरेको छ । यो उसको १३ औं तथा पछिल्लो पाँच सिजनमा चौथो उपाधि पनि हो

शनिबार राति भएको खेलमा लिभरपुललाई ३-१ ले हराउँदै मड्रिड लगातार तेस्रो पटक युरोपियन च्याम्पियन बन्यो ।

किभमा सब्सिच्युट खेलाडीका रुपमा मैदान प्रवेश गरेका बेलको प्रदर्शन ‘म्याच विनिङ’ रहृयो । उनका दुई मध्ये ओभर हेड किकमार्फत गरेको गोल त युरोपियन फुटबलका उत्कृष्ट मध्ये एक मानिएको छ ।

लिभरपुलका मोहम्मद सलाह चोटका कारण खेलको ३० औं मिनेटमा नै उनले रुँदै मैदान छाड्नु पर्‍यो । यो लिभरपुलका समर्थकका लागि पनि च्याम्पियन्स लिगको उपाधिको सपनामा धक्का थियो ।

खेलको ५१ औं मिनेटमा करिम बेन्जिमाले रियललाई अग्रता दिलाए । लिभरपुलका गोलकिपर लोरिसले फालेको बललार्इ रोक्दै उनले गोल गरेका थिए ।

तर, चार मिनेटपछि नै लिभरपुलका मानेले अप्रत्यासित रूपमा बराबरी गोल फर्काएका थिए ।खेलको ६१ औं मिनेटमा इस्कोको ठाउँमा मैदान प्रवेश गरेका बेलको प्रदर्शन उत्कृष्ट रह्यो । मैदान प्रवेश गरेको तीन मिनेटपछि नै उनले रियललाई अग्रता दिलाए । ओभर हेड किकमार्फत गरेको उनको यो गोल युरोपियन फुटबलका उत्कृष्ट मध्ये एक मानिएको छ ।

खेलको खेलको ८३ औं मिनेटमा लिभरपुलका गोलकिपरक गल्तीमा बेलले दोस्रो गोल गर्दै रियलका लागि उपाधि पक्का गरे ।