फिल्म ‘सुश्री सम्पति’ आउदो भाद्र २२ मा रिलिज हुने


पोखरा – रङ पत्रकार सुव्रत आचार्यको निर्देशनमा तयार भईरहेको दोस्रो फिल्म ‘सुश्री सम्पति’ आउदो भाद्र २२ मा रिलिज हुने भएको छ । वितरकसँगको छलफलपछि रिलिज डेट तय गरिएको निर्माण पक्षले जनाएको छ । सार्वजनिक पोष्टरलाई टौवा क्रिएसनले तयार गरेको हो । पोष्टरमा फिल्मका तिन पात्र सलोन बस्नेत सारा सिर्पाली र बिनोद न्यौपाने प्रस्तुत छन् । फिल्मले एक युवतीको कथा पेश गर्छ जसमा उनि सम्पन्न हुन्छिन । फिल्ममा प्रमोद अग्रहरी, राजाराम पौडेल, विशारद बस्नेत, सुनिता श्रेष्ठ ठकुरी लगायतका कलाकारह?को पनि अभिनय रहनेछ भने यसमा प्रियंका कार्की पनि अतिथि भूमिकामा देखिनेछिन् ।

फिल्ममा सुरेश अधिकारीको शब्द र संगीत रहने फिल्ममा कविराज गहतराजको कोरियोग्राफी, भरत रेग्मीको सम्पादन र अर्जुन तिवारीको छायाँकन रहेको छ । रमेश त्वायना प्रस्तुतकर्ता रहेको ‘सुश्री सम्पत्ति’ को कथा निर्देशक सुव्रत आफैले लेखेका हुन् । फिल्मको निर्मातामा विज्ञान राई, नुनम सुब्बा र रमन सिलाकार रहेका छन् । अभिमन्यू निरवी र निर्देशक आचार्यको डाइलग रहने फिल्मको स्क्रिनप्ले अभिमन्यूकै रहेको छ । फिल्मलाई उपत्यकामा बिके फिल्मसका गोपाल काजी कायस्थ र मोफसलमा एफडी कम्पनीले वितरण गर्नेछ ।

 “हामीले वितरकसँगको छलफलपछि रिलिज डेट तय गरेका छौ । फिल्मले एक युवतीको कथा पेश गर्छ जसमा उनि सम्पन्न हुन्छिन । फिल्म कमेडी छ तर संगसँगै सोसल विषयवस्तु पनि छ । फस्ट लुकमा हामीले केहि पात्रलाई र रिलिज डेट सार्वजनिक गरेका छौ”  निर्देशक सुव्रत आचार्यले भने ।