डेनमार्कबाट ‘नव कुशुम’ गीति एल्बम लोकार्पण


  • महेशकुमार खाती कोपनहेगन

कोपनहेगनमा हुने नेपाली सास्कृतिक साङगितिक कार्यक्रममा गुन्जने मध्य एक स्वर कुशुम दाहालको पनि हो । इनास लगायतका सस्थाले गर्ने हरेक कार्यक्रममा बिभिन्न प्रकारका गीत गाउदै आएकी उनै दाहाल गिती एल्बमका साथ गीत सङ्गित क्षेत्रमा पाइला लम्काएकी छिन ।

दाहालद्वारा स्वरबद्ध ५ गीतको एकल गिती एल्बम ‘नव कुशुम’ को आइतबार कोपनहेगनमा लोकार्पण भएको हो । डेनमार्कका लागि नेपाली राजदुत युवनाथ लम्सालले एक समारोहका बिच एल्बमको लोकार्पण गकेका हुन् । गीतकारहरु भविन्द्र नेम्वाङ, पुर्ण वहादुर बस्नेत, मनोज केसी, डा.कृष्णहरि वराल र गोविन्द गोबिन्द लम्सालका शव्दमा भूपु पाण्डेले संगीत दिएका छन् । लोकार्पण कार्यक्रममा बोल्दै प्रमुख अतिथी लम्सालले गीत सङ्गितले हरेक मान्छेलाई प्रभाब पार्ने बताए । बिदेशमा भएपनि नेपाली गीत सङ्गितको बिकास र बिस्तारमा लाग्नु उल्लेखनिय पक्ष रहेकोमा उनको जोड थियो । कार्यक्रममा एनआरएन डेनमार्कका अध्यक्ष यमलाल सुबेदी, नेपाली जनसम्पर्क समिति डेनमार्कका सभापति बिरेन्द्रसिङ कार्की, नेपाली जनप्रगतिशील मन्च डेनमार्कका महासचिब महेशकुमार खाती, बिवेकशिल साझाका याम अधिकारी, एनआरएनए आइसिसी युवा उद्धम विकास समितिका अध्यक्ष लोकराज शर्मा, एनआरएनए आइसिसी सदस्य कुलराज शर्मा, इनास डेनमार्कका सन्तोष लामिछाने, गायिका दाहालका श्रीमान नबराज भट्टराई, गीतकार पुर्ण वहादुर बस्नेत लगायतले मन्तब्य राखेका थिए ।

कार्यक्रममा गायिका दाहालले एल्बमका केही गीत प्रस्तुत गरेको कार्यक्रमको सन्चालन देवश्री केइरालाले गरेकी थिइन ।