स्पोटर्स अर्वाडका लागि गुरुङ ब्युटी पार्लर द्वारा टिसर्ट प्रदान


पोखरा – तेस्रो टिभिएस अपाचे पोखरा स्पोर्ट्स् अवार्ड २०७४ सफल पार्न पोखरा न्यूरोड स्थित गुरुङ ब्युटी पार्लर एण्ड एकेडेमी प्रालीले टिशर्ट प्रदान गरेको छ । पोखरामा सोमबार एक समारोहबीच प्रालीका अध्यक्ष चिनु गुरुङले आयोजक नेपाल खेलकुद पत्रकार मञ्च, कास्कीलाई टिशर्ट हस्तान्तरण गरेकी हुन ।

गुरुङ ब्युटी पार्लर एण्ड एकेडेमी प्रालीका अध्यक्ष गुरुङले मंचका अध्यक्ष केशब पाठकलाई टिशर्ट हस्तान्तरण गर्दै आफ्नो कम्पनी स्र्पोट्स अर्वाड जस्तो महत्वपूर्ण कार्यक्रममा जोडिन पाएको खुसी ब्यक्त गरिन । पोखरा उद्योग वाणिज्य संघकी सदस्य समेत रहेकी गुरुङले मंचले आयोजना गर्ने अवार्ड कार्यक्रमलाई कम्पनीका तर्फ बाट हरेक वर्ष निरन्तर सहयोग गर्ने गरि सम्झौता समेत गर्ने बताइन । यस क्षेत्रको खेलकुद बिकास र खेलाडीको प्रोत्साहनमा मंचले गरेको कार्य प्रशंसनिय रहेको जनाउँदै उनले अन्य ब्यबसायिक प्रतिष्ठानहरुले पनि मंचलाई खुलेर सहयोग गर्न आग्रह गरिन ।

उक्त हस्तान्तरण कार्यक्रममा मंचका उपाध्यक्ष तथा कार्यक्रम संयोजक दिननाथ बराल, कार्य समिती सदस्य नारायण शाही लगाएतका उपस्थिती रहेको थियो । मंचलाई हस्तान्तरण गरिएको टिशर्ट शाहस स्र्पोट्स काठमाण्डौले बनाएको हो ।
यसैबीच, जेठ १८ गते आयोजना हुने तेस्रो टिभिएस अपाचे पोखरा स्पोर्ट्स् अवार्ड २०७४ को तयारी अन्तिम चरणमा पुगेको छ । पोखरा स्पोटर््स् अवार्डको सर्वोत्कृष्ट वर्ष खेलाडी पुरुषमा कमलबहादुर भण्डारी (शारिरिक सुगठन), करण केसी (क्रिकेट) र तिलक पुन मगर (आर्चरी), सर्वोत्कृष्ट वर्ष खेलाडी महिलातर्फ बिमला नेपाली (सितेरियो कराँते), कमला पुन (हक्की) र केशरी आले मगर (आर्चरी) मनोयनमा परेका छन् ।

वर्ष उत्कृष्ट उदीयमान खेलाडीतर्फ विवेक अधिकारी (एथ्लेटिक्स), बुद्धिमाया मगर ‘कविता’ (कबड्डी) मेगबहादुर सेन (क्रिकेट), वर्ष उत्कृष्ट प्रशिक्षक बिधामा जीवन घिमिरे (शारीरिक सुगठन), रिजन प्रजु (क्रिकेट) र शिवबहादुर गुरुङ (फुल कन्ट्याक्ट कराँते) मनोनयनमा परेका छन् । विजेताहरुले टिभिएस अपाचे मोटरसाइकल, टिभिएस विगो स्कुटर, नगद, ट्रफी लगायत पुरस्कार प्राप्त गर्नेछन् । लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रा.डा. वीरेन्द्रसिंह गुरुङ, उत्कृष्ट खेल संघ जिल्ला ब्याडमिन्टन संघ कास्की र एक जना पत्रकारलाई खेल पर्यटन पत्रकारिता पुरस्कार समेत अर्पण गरिनेछ । उत्कृष्टलाई वल्र्डवाइड कनेक्सन चिप्लेढुंगाको तर्फबाट एक÷एक थान सामसुङ कम्पनीको मोबाइल समेत प्रदान गरिनेछ ।