पोखरामा प्रथम नेपाल भारत केन्पो मैत्रीपूर्ण प्रतियोगिता सम्पन्न


पोखरा १३ जेठ – पोखरामा प्रथम नेपाल भारत केन्पो मैत्रीपूर्ण प्रतियोगिता सम्पन्न भएको छ । नेपाल केन्पोकाई एशोसियसन र पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको आयोजनामा सम्पन्न नेपाल भारतमैत्रीपूर्ण प्रतियोगिता अन्र्तगत २०–२५ केजी तौल समुहमा राज शाही प्रथम भएका छन् भने रुद्र सिसोदिया द्धितिय र बानिस पाटिल तृतिय भए ।

त्यस्तै २६–३० केजी तौल समुहमा सिजन वंषी प्रथम, अनिष अधिकारी द्धितिय र अविषेक चौधरी र शिशिर थापा तृतिय भए । ३१–३५ केजी तौल समुहमा आविस्कार रिजल प्रथम, तेजेन्द्र रोक्का दितिय र असिम रानामगर र किरण सुनार तृतिय भए भने ३६–४० केजी तौल समुहमा नारायण सुथाने प्रथम, डिजन जगजाली द्धितिय र यामन के.सी तृतिय भए । ४१–४५ केजी तौल समुहमा भिजोल ठकुरी प्रथम, इसान के.सी द्धितिय र सुदिप केसी र राहुल सुनार तृतिय भए भने ४६–५० केजी तौल समुहमा सौगत शर्मा प्रथम, अन्जन वि.क. द्धितिय र विजेन्द्र चौधरी र आसित वि.क तृतिय भए । त्यस्तै ५१–५५ केजी तौल समुहमा सुजन के.सी प्रथम, हितेन्द्र महाजन द्धितिय र अविशेष माली र खगिन पुन तृतिय भए । यता ५६–६० केजी तौल समुहमा विकास घले प्रथम, शिव भुजेल द्धितिय र रमेश विक र सोमोसेकर मालालिर तृतिय भएको प्रतियोगिताका आर्थिक संयोजक सरोज कार्की(सागर)ले जानकारी दिए ।

प्रतियोगिताका प्रमुख अतिथि प्रदेश नम्वर चारका आन्र्तरिक मार्मिला तथा योजनामन्त्री किरण गुरुङ, पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेल, खेलकुद महासंघका भिमबहादुर थापा, कास्कीका प्रहरी प्रमुख ओमबहादुर राना लगायतले विजेता खेलाडीलाई मेडल, ट्रफि र प्रमाणपत्र वितरण गरेक थिए । प्रतियोगितामा भारतका १७ र नेपालका विभिन्न जिल्लाका ३ सय खेलाडीले प्रतिस्पर्धा गरेका थिए । नेपाल र भारतका खेलाडीहर वीचको एकतालाई बलियो र सम्वन्धलाई विस्तार गर्न पहिलो पटक प्रतियोगिता गरिएको आयोजकले जनाएको छ ।