परराष्ट्रमन्त्रीलाई एनआरएनए युरोपेली बैठकमा निम्तो,आउँलान् त यसपटक ?


काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएन) युरोपेली बैठक तयारीको क्रममा हरेक बर्ष परराष्ट्रमन्त्री आउने बताईए पनि अन्तिम समयमा राजदूतले उद्घाटन गर्ने परम्परा जस्तै बसेको छ। स्पेनको बार्सिलोना,डेनमार्कको कोपेनहेगन होस् वा जर्मनीको फ्रयाङ्फोर्टमा सम्पन्न पछिल्ला तिन बैठकमा परराष्ट्रमन्त्री प्रमुख अतिथि बन्ने चर्चा चले पनि अन्तत: राजदूतहरुले नै उद्घाटन गर्दै आएका थिए।

यद्दपी आगामी जुलाई २९ र ३० तारिखमा लक्जम्वर्गमा हुने सम्मेलनका लागि पनि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई निम्ता दिईएको छ। मन्त्री ज्ञवालीलाई एनआरएनए अध्यक्ष भवन भट्ट,उपाध्यक्ष कुल आचार्य, सहकोषाध्यक्ष सोम सापकोटा,युरोप संयोजक शिवकुमार बरुवाल लगायतको टिमले निमन्त्रणा दिएको हो।

यसपटक पनि मन्त्री ज्ञवाली प्रमुख अतिथिको रुपमा सहभागी हुने बताईएको छ तर क्रमभंगता होला वा नहोला त्यो भने बैठक पछि मात्र थाहा हुनेछ।