नवप्रभात मावि पुर्व विद्यार्थी मञ्चले महानगरस्तरिय हाजिर जवाफ गर्ने


पोखरा । पोखरा लेखनाथ–९ मा अवस्थित नवप्रभात मावि पुर्व विद्यार्थी मञ्चको आयोजनामा महानगरपालिका स्तरिय हाजिरीजवाफ प्रतितियोगिता हुने भएको छ ।

मञ्चले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी सो वारेमा जानकारी गराएको हो । सामुदायिक विद्यालयहरुका बिचमा गरिने उक्त हाजिरीजवाफ प्रतियोगितामा महानगरभित्र रहेका ७० सामुदायिक विद्यालयहरु मध्ये ५० भन्दा बढि विद्यालय सहभागी हुने आयोजकले वताए ।

प्रतियोगिता नवप्रभात माविमा जेठ २४ र २५ गते हुने तथा प्रथम, दितिय, तृतिय र सान्त्वना हरने समुहलाई क्रमशः पाँच हजार, तिन हजार, एक हजार पाँच सय र एक हजार साथमा ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिनुका साथै सहभागीहरु सम्पुर्णलाई सहभागिताको प्रमाणपत्र प्रदान गरिने मञ्चका उपाध्यक्ष तथा प्रतियोगिता संयोजक दिपेन्द्र मर्सानीले वताए ।

एक विद्यालयबाट एक समुह सहभागी हुन सक्ने छन् । एक समुहमा तिन जना विद्यार्थी सहभागी हुन सक्ने र एक जना छात्रा अनिवार्य हुनुपर्ने आयोजकले वताए । कक्षा ८, ९ र १० मा अध्ययनरत विद्यार्थीहरु समावेश हुनुपर्ने मञ्चकी अध्यक्ष प्रिति पाण्डेले वताईन ।

वि.सं. २०२५ सालमा प्रौढ माविबाट नवप्रभात मावि भएको पोखरा–९, नयाँवजारमा रहेको उक्त विद्यालयमा अध्ययन गरेका पुर्व विद्यार्थीहरुले संगठित भई विद्यालयमा शिक्षाको गुणस्तर बढाउन, आपसमा चिनारी र समझदारी, सहयोगात्मक कृयाकलाप साथै भौतिक सहयोग र सद्भाव जुटाई सामाजिक कार्य गर्ने उद्धेश्यले २०७४ सालमा पुर्व विद्यार्थी मञ्च गठन गरिएको अध्यक्ष पाण्डेले वताईन् ।

मञ्चकी अध्यक्ष प्रिति पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा वडा सचिव लोकदर्शन कोइराला, विद्यालयका प्रधानाध्यापक विजयराज भण्डारी, वडा सदस्य राममाया मानन्धर, पुर्व विद्यार्थी एवं सञ्चारकर्मी शान्ति राणा लगाएतले वोलेका थिए ।