अप्रत्याशित रुपमा जिदानले गरे रियल मड्रिड छाड्ने घोषणा


म्याड्रिड, स्पेन — रियल म्याड्रिडका प्रशिक्षक जिनेदिन जिदानले बिहीबार आफूले स्पेनी प्रसिद्ध क्लब रियल म्याड्रिडबाट विदा लिने निर्णय गरेका छन् ।  रियल म्याड्रिडले च्याम्पियन्स लिग जितेको पाँच दिनपछि क्लबबाट विदा लिन लागेको घोषणा गरेका हुन्। उनको नेतृत्वमा रियल म्याड्रिडले लगातार तीन पटक च्याम्पियन्स लिग जितेको हो।

अब अगाडि के गर्ने भन्ने बारे उनले केही खुलाएनन् । उनले भने, ‘हामी फेरि पनि भेटिन सक्छौं । मैले लिएको निर्णयमा धेरैले कुनै महत्व देख्दैनन् । तर, मेरा लागि यो महत्वपूर्ण छ । यो केही परिवर्तन गर्ने अवसर हो । मलाई लाग्छ मेरो निर्णयले सबैलाई राम्रै गर्छ’ उनले भने, ‘रियल मडि्रडले लगातार जितिरहनुपर्छ । मैले गर्ने काम गरेँ । अब क्लबले नयाँ शैली र नयाँ उपाय अपनाउनुपर्छ ।’

फ्रान्सबाट खेलाडीका रुपमा पनि च्याम्पियन्स लिग र विश्वकप जितेर सफल बनेका उनले पहिलो पटक क्लब सम्हाल्दा पनि आफू उत्कृष्ट रहेको सावित गरे ।सम्मेलनमा उनले प्रशिक्षणका लागि तत्काल अर्को फुटबल समूह नखोजेको प्रतिक्रिया दिए।